संसद्का चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं : संघीय संसदका चारजना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।आज संसद् बैठक बस्नुअघि सांसद, कर्मचारी तथा सुरक्षाकर्मी गरी अहिलेसम्म ६ सय ४० जनामा गरिएको परीक्षणमा ४ जना कर्मचारीको कोभिड पोजेटिभ आएको परीक्षण टिम संयोजक भोला अधिकारीले बताए।करिब ९०० जनाको कोभिड परीक्षण गर्न भन्दै पत्र इडिसीमा आएकोले सोहीअनुसार परीक्षण गरिएको बताएका छन्।उनका अनुसार संक्रमण पुष्टि भएका सबैजना कोरोनाविरुद्धको पूर्ण खोप लगाएका रहेको समेत उनले बताए। उनका अनुसार सबै संक्रमितमा कोरोनाको लक्षण सामान्य रहेको

सम्बन्धित सामग्री

साकेलाका गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण

खोटाङ । खोटाङको साकेला गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । फेरि कोरोना महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि […]

मध्यविन्दु अस्पतालका २५ कर्मचारीमा कोरोना संक्रमण, पिसिआरसहित ओपिडी सेवा बन्द

पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरतमध्ये एक चौथाई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। मध्यविन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका एक सय कर्मचारीमध्ये २५ जनामा कोरोना संक्रमण देखिएको...

एकै दिन त्रियुगा नगरपालिकाका ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

उदयपुरको त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार गरेको एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित सबै जना र राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका अवधनारायण चौधरीले जानकारी दिए ।त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ६० जनाको परीक्षण गर्दा एकै दिन ६ कर्मचारीमा कोरोना संक्रमण भेटिएको हो। त्रियुगा नगरपालिकामा दुई दिनमा एक महिला कर्मचारीसहित ८ कर्मचारीमा कोरोना पुष्टि भ

कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमि सुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द भएको छ ।

कृषि मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण, मन्त्रालय आवतजावतमा रोक

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । मन्त्रालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले कार्यालयमा प्रत्यक्ष उपस्थित भएर गरिने सम्पूर्ण कार्य हालका लागि रोक लगाइएको र कर्मचारीहरुलाई निवासबाटै कार्य संचालन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण कार्यालय संचालनमा समस्या आएकाले मन्त्रालयले आजबाट सर्वसाधारण र कर्मचारीलाई आवतजावतमा रोक लगाएको मन्त्रालय

वीरगंजमा ९१ जना बैंक कर्मचारीमा कोरोना संक्रमण, एभरेष्टका सबैभन्दा बढी

वीरगंज : वीरगंजमा विभिन्न बैंकका गरी झण्डै ९१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएदेखि वैशाख २५ गतेसम्ममा यहाँका विभिन्न बैंकहरुमा कार्यरत ९१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको वीरगंज बैंकर एशोसियशनले जनाएको छ। सबैभन्दा बढि एभरेस्ट बैंकका १० जना कर्मचारी संक्रमित भएका छन्। त्यसैगरी,…

सभामुखको पिसीआर नतिजा नेगेटिभ, चार सांसदसहित २ कर्मचारीमा कोरोना संक्रमण

संघीय संसद प्रतिनिधिसभाका चार सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बोलाइएका विशेष अधिवेशनका लागि बुधबार गरिएका पिसीआर परीक्षणमा चार सांसदसहित संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार नै पिसीआर परीक्षण गर्दा सभामुख अग्नि सापकोटा र सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ । …

गण्डकी प्रदेशका ३ सांसद र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ बैशाख । गण्डकी प्रदेशका ३ जना सांसद र एक जना कर्मचारी कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन्। गण्डकी प्रदेशका सांसदहरुको पिसिआर परीक्षण हिजो गरिएको थियो । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव दर्ता […]

राष्ट्रिय सभाका एक सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय सभाका एक सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन शुरू हुन लाग्दा गरिएको कोरोना परीक्षणमा एक सांसदसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । कोरोना परीक्षणका लागि सांसदहरू कर्मचारीहरूको स्वाब नमूना बिहीवार संकल गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज अपराह्न ४ बजे शुरू हुँदैछ । सातौं‌ अधिवेशनअन्तर्गत आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय सभाका एक सांसद र पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  आजदेखि सुरु हुने राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार ४१ सांसदसहित ९७ जनाको पिसिआर परीक्षण गरिएको थियो...