कृषि मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण, मन्त्रालय आवतजावतमा रोक

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । मन्त्रालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले कार्यालयमा प्रत्यक्ष उपस्थित भएर गरिने सम्पूर्ण कार्य हालका लागि रोक लगाइएको र कर्मचारीहरुलाई निवासबाटै कार्य संचालन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण कार्यालय संचालनमा समस्या आएकाले मन्त्रालयले आजबाट सर्वसाधारण र कर्मचारीलाई आवतजावतमा रोक लगाएको मन्त्रालय

सम्बन्धित सामग्री

साकेलाका गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण

खोटाङ । खोटाङको साकेला गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । फेरि कोरोना महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि […]

मध्यविन्दु अस्पतालका २५ कर्मचारीमा कोरोना संक्रमण, पिसिआरसहित ओपिडी सेवा बन्द

पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरतमध्ये एक चौथाई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। मध्यविन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका एक सय कर्मचारीमध्ये २५ जनामा कोरोना संक्रमण देखिएको...

एकै दिन त्रियुगा नगरपालिकाका ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

उदयपुरको त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार गरेको एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित सबै जना र राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका अवधनारायण चौधरीले जानकारी दिए ।त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ६० जनाको परीक्षण गर्दा एकै दिन ६ कर्मचारीमा कोरोना संक्रमण भेटिएको हो। त्रियुगा नगरपालिकामा दुई दिनमा एक महिला कर्मचारीसहित ८ कर्मचारीमा कोरोना पुष्टि भ

साउदीस्थित नेपाली दूतावासका धेरै कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं। साउदी अरबको रियादस्थित नेपाली दूतावासका धेरैजसो कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासले सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। दूतावासले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यस दूतावासका थप कर्मचारीहरूमा कोरोनाको संक्रमण देखिएको हुँदा सेवाग्राहीहरू भौतिकरुपमा उपस्थित भई दूतावासबाट लिनुपर्ने सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।”

वीरगंजमा ९१ जना बैंक कर्मचारीमा कोरोना संक्रमण, एभरेष्टका सबैभन्दा बढी

वीरगंज : वीरगंजमा विभिन्न बैंकका गरी झण्डै ९१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएदेखि वैशाख २५ गतेसम्ममा यहाँका विभिन्न बैंकहरुमा कार्यरत ९१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको वीरगंज बैंकर एशोसियशनले जनाएको छ। सबैभन्दा बढि एभरेस्ट बैंकका १० जना कर्मचारी संक्रमित भएका छन्। त्यसैगरी,…

साउदीस्थित नेपाली दूतावासमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं। साउदी अरबको रियादस्थित नेपाली दूतावासमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासले दिने तीन दिन काम स्थगित गरिएको छ। दूतावासले आज एक विज्ञप्ति जारी गर्दै सेवाग्राही भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा स्थगित गरिएको जनाएको हो। यसअघि दूतावासका एक जना कर्मचारीमा संक्रमण देखिँदा सेवा मे ६ सम्म बन्द गरिएको थियो।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिन सेवा बन्द

विराटनगर । इटहरी उपमहानगरपालिका राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिनका लागि सो शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ । शाखा प्रमुख नविन भटटराईकाअनुसार आजदेखि पाँच दिनसम्म कोठा नम्वर ९ राजश्व प्रशासन शाखाबाट हुने कर लगायतका सबै सेवा वन्द गरिएको हो । वडा कार्यालयहरुबाट हुने कर संकलन कार्य भने नियमित […]

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिन सेवा बन्द

विराटनगर । इटहरी उपमहानगर राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि सो शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ । शाखा प्रमुख नविन भटटराईकाअनुसार आजदेखि पाँच दिनसम्म कोठा नम्वर ९ राजश्व प्रशासन शाखाबाट हुने कर लगायतका सबै सेवा वन्द गरिएको हो । वडा कार्यालयहरुबाट हुने कर संकलन कार्य भने नियमित हुने उनले बताए । इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन तयार गर्ने इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन सञ्चालन गरिने भएको छ ।  इटहरी उपमहानगर

प्रदेश २ : प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण, बैठक स्थगित

प्रदेश २ को सभाका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ

राष्ट्रिय सभाका एक सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय सभाका एक सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन शुरू हुन लाग्दा गरिएको कोरोना परीक्षणमा एक सांसदसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । कोरोना परीक्षणका लागि सांसदहरू कर्मचारीहरूको स्वाब नमूना बिहीवार संकल गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज अपराह्न ४ बजे शुरू हुँदैछ । सातौं‌ अधिवेशनअन्तर्गत आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।