राष्ट्रिय सभाका एक सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय सभाका एक सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन शुरू हुन लाग्दा गरिएको कोरोना परीक्षणमा एक सांसदसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । कोरोना परीक्षणका लागि सांसदहरू कर्मचारीहरूको स्वाब नमूना बिहीवार संकल गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज अपराह्न ४ बजे शुरू हुँदैछ । सातौं‌ अधिवेशनअन्तर्गत आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय सभाका एक सांसद र पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  आजदेखि सुरु हुने राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार ४१ सांसदसहित ९७ जनाको पिसिआर परीक्षण गरिएको थियो...

https://www.onlinekhabar.com/2020/06/870336

२२ जेठ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको सुरक्षार्थ खटिएका ५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखापरेको छ । प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । उनीहरु …