युक्रेनको मामिला अब जटिल भएको छ । केही समयअघिदेखिको तनावलाई रुसले युद्धमा बदलेको छ । फागुन १२ गते बिहानैदेखि रुसी सेनाले युक्रेनमाथि हमला थालेका छन् । त्यसअघि बन्दोवस्तीको सामग्रीसहित करिब दुई लाख सेना युक्रेनको सिमानामा तैनाथ गरेर रुस युक्रेन कब्जाको तयारीमा रहेको अमेरिकाको आरोप थियो । रुसले युक्रेनमाथि आक्रमण गरेमा रुसमाथि आर्थिक नाकाबन्दी लगाउन र युक्रेनलाई हतियार तथा सैनिक सहयोग गर्न आफू बाध्य हुने चेतावनी अमेरिकाल