वार्ता समितिमा कुरा नमिलेपछि ओली र ठाकुरबीच छलफल

काठमाडौँ । चुनावी गठबन्धनका  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका छन् । गठबन्धनको विषय टुङ्ग्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको बीचमा छलफल भएको लोसपा नेपाल स्रोतले […]

सम्बन्धित सामग्री

वार्ता समितिमा कुरा नमिलेपछि ओली र ठाकुरबीच छलफल

चुनावी गठबन्धनका  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका छन् ।गठबन्धनको विषय टुंग्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको बीचमा छलफल भएको लोसपा नेपाल स्रोतले जनाएको छ ।एमाले र लोसपाबीच गठबन्धन हुने कि नहुने विषयमा अध्यक्ष ठाकुरले अध्यक्ष अ‍ोलीसँग अन्तिम छलफल गर्ने बताइएको छ । दुई दलबीच भएक

रोकिएका विधेयक अघि बढ्नै सकेनन्

काठमाडौं । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा लगातार गरिरहेको अवरोधका कारण कानून निर्माणको काम प्रभावित भएको हो । संसद्मा अहिले लगानी तथा विकाससँग जोडिएका दर्जनौैं विधेयक अलपत्र छन् । संसद् पुनःस्थापनापछि सरकारले रेलवे विधेयक फिर्ता लिएको छ भने अध्यादेशबाट आएको बजेटलाई पुनःस्थापनासम्बन्धी विधेयक ल्याउनुबाहेक कानून निर्माणको अन्य कामलाई अघि बढाइएको छैन । संसद्मा प्रमुख प्रतिपक्ष दल एमालेले सभामुखले पदीय मर्यादाविपरीत काम गरेको आरोप लगाउँदै संसद् अवरोध गर्दै आएको छ । संसद् सचिवालयका अनुसार अहिले आर्थिक तथा सामाजिक विषयवस्तुसँग सम्बद्ध ५० ओटा विधेयक संसद्का दुवै सदनमा विचाराधीन अवस्थामा छन् । यीमध्ये तीन दर्जनभन्दा बढी विधेयक प्रतिनिधिसभामा रहे पनि संसद्मा प्रतिपक्ष दलले गरेको अवरोधका कारण प्रक्रिया नै अघि बढेको छैन । प्रतिनिधिसभामा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको दु्रत निर्माण तथा विकाससँग सम्बद्ध विधेयक, निकासी पैठारी नियमन विधेयक, सार्वजनिक खरीद विधेयक, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण विधेयक, खानेपानी तथा सरसफाई विधेयक, भन्सार विधेयक, कर्जा सुरक्षणलगायत विधेयक दर्ता भएका छन् र तिनलाई पारित गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन । काठमाडौं उपत्यका सार्वजनिक यातायात विधेयक भने राष्ट्रिय सभामा उत्पत्ति भई सन्देशसहित प्रतिनिधिसभामा टेबुल भएको थियो । बीमा विधेयक, सूचनाप्रविधि विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक प्रतिनिधिसभाका विभिन्न समितिमा छलफलको चरणमा थिए । संसद् पुनःस्थापना पछि एक फेरमात्रै बीमासम्बन्धी विधेयक अर्थ समितिमा छलफल भएको थियो तर यो अझै टुंगोमा पुगेको छैन । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल कानून निर्माणलाई प्राथमिकतामा राखेरै समितिले अब छलफल चलाउने बताउँछन् । संसद् विघटन, कोभिड, दशैंतिहारजस्ता चाडका कारण समितिमा विधेयकमाथि घनीभूत छलफल हुन सकेन । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दलहरूबीच सहमति जुटाएर संसद् अघि बढाउनुको विकल्प नरहेको बताउँछन् । उनका अनुसार कानून निर्माणलाई गति दिन समितिहरू तयार छन् । संसद्मा रहेको अवरोध दलीय सहमतिबाट छिट्टै हट्नुपर्छ । अहिले संसद्मा अध्यागमन विधेयक, नागरिक उड्डयन प्राधिकरणसँग सम्बद्ध दुई विधेयक, तथ्यांक विधेयक, भ्रष्टाचार निवारण विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान (तेस्रो संशोधन) विधेयक, सामाजिक सुरक्षा (प्रथम संशोधन) विधेयक राष्ट्रिय सभामा छन् । यी विधेयकसमेत अघि बढ्न सकेका छैनन् । पूर्वअर्थसचिव शान्तराज सुवेदीका अनुसार कानून निर्माण प्रभावित हुँदा लगानीको वातावरणलाई समेत असर गर्ने देखिएको छ । उनका अनुसार समयमा कानूनहरू नबन्दा सरकारले अघि सारेको राष्ट्रिय लक्ष्यहरू प्रभावित हुने देखिन्छन् भने लगानीमैत्री कानूनको अभावमा निजी तथा विदेशी लगानीकर्तासमेत थप लगानी गर्न हिचकिचाउने उनी बताउँछन् । ‘विदेशी लगानीकर्ता लगानीमैत्री कानून खोज्छन्, सहजै नाफा लैजाने वातावरण हेर्छन् । त्यसैले नीतिगत रूपमा सहज बनाइदिनुपर्ने बेलामा कानून निर्माणको काम प्रभावित हुनु दुर्भाग्य हो,’ उनले भने । संसद् हुँदाहुँदै कानून निर्माण नै प्रभावित हुने अवस्था आउनु विडम्बना भएको अर्थशास्त्री केशव आचार्य बताउँछन् । उनका अनुसार पहिले पार्टीभित्रको कलहका कारण प्रधानमन्त्रीले संसद् नै विघटन गरेर कानून निर्माणको कामलाई प्रभावित गरे, अहिले पनि सरकारले प्रभावकारी रूपमा सहमति जुटाएर कानून निर्माणको कामलाई अघि बढाउन नसकेको उनको बुझाइ छ । संसद्मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटाले दशैंअघि छुट्टाछुट्टै सर्वदलीय बैठक डाकेर प्रयास गरेका थिए तर एमाले ती बैठकमा सहभागी भएन । सर्वदलीय बैठक नभई एमाले अध्यक्ष ओली र सरकार–सभामुखबीच वान टु वान वार्ता हुनुपर्ने एमालेले अडान राख्दै आएको छ ।

कार्यदलमा भएको सहमतिबारे स्थायी समितिमा माधव पक्षको ब्रिफिङ

एमाले विवादबारे कार्यदलमा भइरहेको सहमति र प्रक्रियाबारे कार्यदल सदस्यहरुले वरिष्ठ नेता माधवकुमार नेपालसहितका स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । त्यस्तै ओली समूहका नेताहरुले पनि बालुवाटारमा पुगेर सहमतिबारे अध्यक्ष ओलीलाई ब्रिफिङ गरेका छन् ।एमाले विवादमा ब्रेक थ्रू हुनेगरी कार्यदलमा भएको भनिएको सहमतिपछि दुवै समूह शनिबार राति आन्तरिक परामर्शमा जुटेका हु्न् ।  कार्यदल बैठकपछि नेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लगायतका नेता बालुवाटार पुगेका थिए भने माधव समूहका वार्ता टोल

एमाले–माओवादी एकता निर्णायक वार्ता आज

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । वार्तामा सहमति जुटे वैशाख ९ गते…

ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता, एकता संयोजन समिति बैठक भोलि

२५ माघ, काठमाडौं । नयाँ सरकार गठन र पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार अपरान्ह 'वान टु वान' छलफल भएको छ । छलफलमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको थियो प्रचण्‍डको सचिवालयले जानकारी दिएको छ । 'पार्टी एकता र अन्य विषयमा एकता संयोजन समितिमा …

एमाले–माओवादी संयोजन समितिको बैठक बस्दै

पार्टी एकताबारे छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठक आज बस्दैछ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ। पछिल्लो समय एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो। संयोजन समितिमा एमालेबाट झलनाथ खनाल,…

ओली-प्रचण्डको वार्ता सकियो, संयोजन समितिको बैठकमा ठोस निर्णय लिइने

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले भेटवार्ता भएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा आइतबार हुने पार्टी एकता संयोजन समितिमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल भएको थियो। शनिबार ओली र दाहालबीचको छलफलको आधारमा आइतबार बस्ने एकता संयोजन समित...