५५ वर्षमा छुट्यो दिलिप कुमार र सायरा बानोको साथ

मुम्बई । ‘ट्र्याजेडी किङ्ग’ दिलिप कुमार र अभिनेत्री सायरा बानोको साथ सदासदाको लागि छुटेको छ । ५५ वर्ष एकसाथ रहेका यी दुईको साथ दिलिपकुमारको निधनले छुटेको हो । ९८ वर्षको उमेरमा बुधबार बिहान दिलिप कुमारले सधैंका लागि यो संसारबाट बिदा लिएका छन् ।दिलिप कुमारको निधनमा अहिले सबैभन्दा दुःखी सायरा बानो भएकी छन् । दिलिप कुमार बिरामी हुँदासमेत उनी सधैँ साथमै रहन्थिन् । जीवनको हरेक मोडमा दुई एकसाथ रहेका थिए । जस्तै पानी र माछा जस्तो । तर, आज ५५ वर्षमा दिलिप कुमार र सायरा बानोको साथ सदाका लागि छ

सम्बन्धित सामग्री

तीन दिनदेखि आइसीयूमा सायरा बानो, सास फेर्न समस्या; अक्सिजनको स्तर कम

५४ वर्ष दिलिप कुमारसँग बिताएकी सायरा बानोका लागि अब सास फर्ने पनि मुश्किल भइरहेको छ । दिलिप कुमार बितेको लगभग दुई महिना बितिसकेको छ तर उनी पतीबियोगमा छिन् । यसको असर अब उनको स्वास्थ्यमा देखिन थालेको छ । पछिल्लो तीन दिनदेखि उनी हिन्दुजा अस्पतालको आइसीयूमा भर्ना छिन् ।सायरा बानोको स्वास्थ्य स्थिति स्थिर रहेको बताइँदैछ तर उनको रक्तचाप साधारण छैन । अक्सिजनको स्तर पनि कम नै हुन्छ जसका कारण उनलाई सास फर्ने समस्या भइरहेको छ । सायद उनलाई थप तीन–चार दिन अस्पतालमा राख्नुपर्छ ।उनका आफन्तले दिएको जानक

मृत्युको हल्लाबिच तङ्ग्रिँदै दिलिप कुमार

स्वास प्रस्वासमा समस्या भएपछि उपचाररत् भारतीय अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ। मुम्बईको हिन्दुजा अस्पतालमा रहेका अभिनेताको स्वास्थ्यस्थिति बारे उनकी श्रीमती सायरा बानुले जानकारी दिएकी हुन्। बलिउडमा 'दिलिप साहब' नामले चर्चित ९८ वर्षीय दिलिप कुमारको मृत्युको हल्ला समेत फैलियो। वाट्सएपमा उनको मृत्युबारे मिथ्या सामाग्री छाएको थियो। लगत्तै दिलिप कुमारको…

अभिनेता दिलिप कुमारको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

भारतका दिग्गज अभिनेता दिलिप कुमार को आइतबार अचानक स्वास्थ्य बिग्रीएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको उनकी श्रीमति सायरा बानोले जानकारी दिएकी छिन्। आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको र हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको बानोले भारतिय संचारमाध्यमसँग बताएकी छिन्। उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो। कुमारलाई कोरोनाको आशंका गरिएपनि परिक्षण गर्दा नेगेटिभ देखिएको छ। बानोले भनिन्, '...