अस्पताल बाहिर स्ट्रेचरमा देखिए ९८ वर्षका दिलिप कुमार, श्रीमती सायराले कहिले उनको निधार चुमिन्, कहिले मिडियालाई हात हल्लाइन्

पछिल्लो जमानाका चर्चित अभिनेता दिलिप कुमार शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई स्ट्रेचरमा बाहिर ल्याइएको भारतीय सञ्चार माध्यमले जानकारी दिए । उनकी श्रीमती सायरा बानोले कहिले हात हल्लाएर बाहिर उपस्थित मिडियाकर्मीलाई अभिवादन गरिरहेकी थिइन् त कहिले दिलिपको निधार चुमिरहेकी थिइन् ।९८ वर्षका दिलिप पछिल्लो पाँच दिनदेखि उपचार गराइरहेका थिए । आइतबार सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अनुसन्धानमा पत्ता लाग्यो कि उनको फोक्सोमा पानी भरिएको थियो । यो स्थितिलाई बाइलिटरल प्ल्यू