क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । चिकित्सकीय भाषामा यसलाई ट्युबरकुलोसिस भनिन्छ । छोटकरीमा यो रोगलाई टीबी भनेर चिनिन्छ । क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो सरुवा रोग भएपनि खाना र यौनजन्य क्रियाकलापबाट सर्दैन । क्षयरोग कति तीव्र सर्छ भन्ने कुरा व्यक्तिको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर […]