जाँदाजाँदै पर्यटन बोर्ड सीईओ रेग्मीको अर्को बदमासी

कुनै पनि प्रवर्द्धनका काम गर्न कुन कार्यविधिबाट कति रकम खर्च गर्ने भन्ने टुंग्याउन पर्यटन बोर्ड सञ्चालक समितिको अनुमति लिनुपर्ने हुन्छ । तर, सीईओ रेग्मीले नियम लत्याएका छन् ।

सम्बन्धित सामग्री

निवर्तमान सीईओ रेग्मीको अभिव्यक्ति प्रति पर्यटन बोर्ड कर्मचारी संगठनको आपत्ति

३ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले निवर्तमान प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले कर्मचारीको मानमर्दन हुने गरी सार्वजनिक सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको भन्दै आपत्ति जनाएको छ । रेग्मीले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा बोर्डका कर्मचारी ‘अख्तियारमा उजुरी हाल्ने, भाइरस छ्न्, समाचार छ्पाउने ?’ भनेका थिए । सोही विषयलाई लिएर बोर्ड कर्मचारी संगठनले आपत्ति […]

पर्यटन बोर्डले भूगोलसम्बन्धी सम्मेलन गरेकोमा कर्मचारी संगठनको आपत्ति

२९ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धनको काम अलपत्र पारी सीईओ धनञ्जय रेग्मीले भूगोलविद् तथा वैज्ञानिकहरुको सम्मेलन आयोजना गरेकोप्रति बोर्डका कर्मचारीहरुले गम्भीर आपत्ति जनाएका छन् । सोमबार नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै सीईओको व्यक्तिगत स्वार्थको सम्मेलन आयोजना गर्न बोर्डको बजेटसमेत दुरुपयोग गर्ने कामको भत्र्सना गरेको हो । बोर्डका […]

सीईओ रेग्मीको निजी स्वार्थको सम्मेलनलाई पर्यटन बोर्डको ६० लाख बजेट

२३ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले बोर्डको ६० लाख रकम खर्च गर्ने गरी आफ्नो निजी कम्पनीको भूगोलसम्बन्धी कार्यक्रम गरेका छन् । पर्यटन बोर्ड विनियमावली विपरीत डा. रेग्मीले हिमालयन रिसर्च एक्सपिडिसन लगायत विभिन्न निजी कम्पनीहरु चलाइरहेका छन् । पर्यटन बोर्ड ‘होस्ट’ बनेर गएको शुक्रबार, शनिबार, आइतबार पोखरामा भूगोलसम्बन्धी […]

पर्यटन प्रवर्द्धनका लागि भारतीय शहरहरुमा रोड शो आयोजना गरिने

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच भएको सम्झौतामा दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता जनाइएको छ । समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने बत

पर्यटन बोर्डका सीईओ र इजरायली तथा रुसी प्रतिनिधिबीच भेटवार्ता

नेपालको पर्यटन प्रवद्र्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुवै देशबीच आपसी सहकार्यका बारेमा छलफल भएको थियो ।नेपाल र इजरायलबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा.धनन्जय रेग्मी र नेपालका लागि इजरायली दुतावासका डेपुटी चिफ अफ […]

बेकामे पर्यटन बोर्ड

नेपालको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न सरकार र निजीक्षेत्रको साझेदार संस्थाका रूपमा खडा गरिएको नेपाल पर्यटन बोर्डले अपेक्षाअनुसार काम गर्न सकेको छैन । त्यसमा पनि कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सबैभन्दा बढी क्रियाशील हुनुपर्ने यो संस्था अहिले निष्क्रिय जस्तै छ । कोरोनाको महामारी अन्त्य हुने लक्षण देखा पर्दै जाँदा पर्यटनलाई गति दिन प्रचारप्रसारको नयाँ रणनीति अपनाउनुपर्नेमा उल्टै नेतृत्वविहीन बनेर कामविहीन बनेको छ । त्यसैले यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । बोर्डको कार्यकारी प्रमुख बन्नका लागि निकै दौडधुप गर्ने तर प्रभावकारी रूपमा पर्यटन प्रवर्द्धनका योजना बनाउने नसक्ने प्रमुख पाउनु यसको नियति नै बनेको छ । बोर्डलाई चलायमान बनाउने प्रमुख व्यक्तिको क्षमता र नियतिमाथि नै टीकाटिप्पणी हुने गरे पनि सही र योग्य व्यक्ति ल्याउन सार्थक पहल भएको देखिँदैन । कोभिड–१९ ले गर्दा २ वर्षदेखि बाह्य पर्यटको आगमन करीब- करीब ठप्प छ । पर्यटक आगमन ठप्प हुँदा बोर्डले पाउने बजेटको आकार पनि घटेको छ । त्यसैले अहिले स्रोत व्यवस्थापनमा समेत दबाब परेको छ । तैपनि बोर्डले आफूसँग भएको आन्तरिक स्रोतसाधनको उच्चतम परिचालन गर्न सकेको छैन । बोर्डको स्रोत भनेको सरकारी अनुदान र विभिन्न पर्यटकीय संघसंस्थाबाट प्राप्त हुने रकम हो । यो रकम पर्यटनको प्रवर्द्धनका लागि खर्च हुनुपर्ने हो । दुर्भाग्य, कोरोनाका कारण थलिएको पर्यटनलाई पुनर्जीवन दिन आवश्यक प्रवर्द्धनात्मक कार्य गर्न सकेको छैन । भएका काम पनि परिणाममुखी देखिएका छैनन् । यस्तोमा बोर्ड प्रमुखविहीन हुँदा कामै नहुनु स्वाभाविक हो । बोर्डमा केही पदाधिकारीले राजीनामा दिएका छन् । बोर्डका प्रमुख कारबाहीमा परेका छन् । बोर्डलाई यसरी नै लथालिंग छाड्ने हो र यसको जिम्मेवारी र कार्य क्षमतामा सुधार नल्याउने हो भने पर्यटनको पुनरुद्धार अभैm ढिलो हुन सक्छ । त्यसैले सरकारले तत्कालै योजना र लक्ष्य लिएको योग्य व्यक्तिलाई बोर्डमा नियुक्ति दिन ढिला गर्नु हुँदैन । कोरोना भाइरस संक्रमण महामारीका कारण झन्डै डेढ वर्षदेखि पर्यटन क्षेत्र शिथिल बनेको छ । यो अवस्थामा सरकार र नेपाल पर्यटन बोर्डले अघि सार्ने योजना र कार्यक्रममा पर्यटन क्षेत्रको पुनरुत्थान निर्भर रहन्छ । विश्वभरि नै पर्यटन व्यवसाय निकै घटेको छ । तर, अन्य देशले तीव्र गतिमा फरक रणनीति र प्रर्वद्धनात्मक एवं प्रचारात्मक कार्य थालेकाले अहिले तिनीहरू बिस्तारै तंग्रन थालेका छन् । नेपालको अवस्था भने उल्टो छ भन्दा हुन्छ । अहिले ओमिक्रोन भेरिएन्टको संक्रमण पनि मत्थर भइसकेको छ । खोप पनि अत्यधिकले लगाइसकेका छन् । पर्यटकहरू फाट्टफुट्ट देखापर्न थालेका छन् । यही बेला बोर्डको भूमिका बढी आवश्यक छ । बोर्डले व्यवसायीहरूसँग अन्तरक्रिया गरेर कुन कुन क्षेत्रमा कसरी प्रवर्द्धनात्मक कार्य गर्दा बढी प्रभावकारी हुन्छ भनेर योजना बनाई तत्कालै कार्यान्वयनमा जानुपर्छ । पर्यटन बोर्डले विगतमा अध्ययन–अनुसन्धान, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मेला–महोत्सवमा बजेट छुट्ट्याउने गथ्र्यो । पर्यटन बोर्डको उद्देश्य अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्नु हो । पर्यटनसँग सम्बद्ध नीति बनाउन पनि उसको भूमिका हुन्छ । उसले सरकार र निजीक्षेत्रलाई जोड्न पुलको काम गर्न सक्छ । बोर्डको काम समग्र पर्यटन प्रवर्द्धनका गतिविधि गर्नु हो । तर, जे परिकल्पना गरेर ऐन, विधान निर्माण गरियो, त्यसअनुसार बोर्डले काम नै गर्न सकेको छैन । सोच र योजना राम्रो आए पनि कार्यान्वयनको पाटो कमजोर भयो । त्यही भएर स्थानीय मेलामहोत्सवमा खर्च गरेर बजेट सक्ने काम भएको छ जुन गलत हो । अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गर्न भएको खर्चको प्रतिफलबारे बोर्डमा छलफल नै भएको पाइँदैन । त्यसबारे अध्ययन पनि भएको छैन । त्यो कति प्रभावकारी भयो, कति फाइदा भयो, अर्कोपटक लगानी गर्ने कि नगर्ने भन्ने विषयमा बोर्डले गम्भीर भएर अध्ययन गर्नुपर्ने हो । फलदायी नभएको कामहरू रोकेर नयाँ खालको प्रचार नीति ल्याउनुपर्ने हो । त्यस्तो भएको पनि पाइँदैन । पर्यटन बोर्डको अध्यक्ष पर्यटन सचिव हुने व्यवस्था छ र सचिव फेरिएसँगै अध्यक्ष फेरिइहाल्नाले पनि बोर्डले राम्ररी काम गर्न नसकेको हो । बोर्डका सीईओ विवादमा तानिँदा पनि कार्यान्वयन पक्ष असाध्यै फितलो भयो । नेपालमा कस्ता पर्यटक आए, कति पर्यटक आए, त्यसको तथ्यांकसमेत बोर्डसँग भएको पाइँदैन । यस्तो तथ्यांकविना गरिने प्रचारकै कारण पनि फलदायी परिणाम नआएको हो । नेपालका लागि कुन बजार बढी उपयुक्त छ भनेर त्यसअनुसार प्रचार गर्न पनि बोर्ड चुकेको अनुभव हुन्छ । बोर्डलाई अस्तव्यस्त बनाउने एउटा कारण राजनीति पनि हो । समूहमा मिलेर काम नगर्ने अनि आआफ्नो स्वार्थअनुरूप काम गर्ने पर्यटन व्यवसायीहरूको कारण पनि बोर्ड प्रभावकारी बन्न नसकेको हो । पर्यटन व्यवसायमा लाग्ने र बोर्डमा प्रतिनिधित्व गर्नेहरू धेरैजसो उच्च व्यक्तिहरू नै छन् । उनीहरूले सीईओ र सचिवलाई उचित सुझाव दिएको भए र सही काम गर्न बाध्य पारेको भए पनि बोर्ड प्रभावकारी हुन्थ्यो । काम गर्ने इच्छाशक्ति नहुँदा र बोर्डलाई हाँक्न धेरै बोर्ड सदस्यले प्रतिनिधित्व नगर्दा यो अवस्था आएको हो । यस्तो परिणाममुखी काम नगर्ने बोर्ड किन आवश्यक पर्‍यो भन्ने प्रश्न पनि उठ्न थालेको छ । तैपनि प्रवद्धर्नात्मक काम गर्न एउटा सशक्त र निजीक्षेत्रको प्रतिनिधित्व भएको संस्था उपयुक्त हुन्छ । यसको काम बोर्डले गर्न सक्छ । बोर्डमा आउने व्यक्तिहरूमा व्यवसाय र आफ्नो कर्तव्यप्रति जिम्मेवारीबोध भएमा बोर्डलाई निकै प्रभावकारी बनाउन सकिन्छ । यसलाई बलियो बनाएर आफ्नो उद्देश्यमा सफल बनाउन सरकार, व्यवसायी सबैले बोर्डलाई घचघच्याउनुपर्छ र गलत गर्ने वा काम नगर्नेलाई पदबाट हट्नुपर्ने बाध्यता सृजना गर्नुपर्छ । विवादित व्यक्ति र योजनाविहीन व्यक्तिलाई बोर्डमा ल्याउनै हुँदैन । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

पर्यटन बोर्ड सीईओ रेग्मीले काट्छु भन्दै धम्की दिए : छानबिन समिति संयोजक

यतिखेर पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी निकै विवादित छन् । गत कात्तिक २० गते लन्डनको वर्ल्ड ट्राभल मार्ट (डब्लूटीएम) मा सहभागी भएर स्वदेश फर्कंदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच क्रममा लफडामा परेदेखि विवादित रेग्मीलाई छानबिन समितिले दोषी ठहर गरिसकेको छ । छानबिन उपसमितिका संयोजक चन्द्रप्रसाद रिजालले सीईओ रेग्मीले आफूलाई मार्ने र काट्ने धम्की दिएको बताएका छन् । आफ्नो नेतृत्वको उपसमितिले रेग्मीबारे जाँचबुझ गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आक

पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करीमा संलग्न रहेको खुलासा

नेपाल पर्यटन बोर्ड (एनटीबी) का सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएको पाइएको छ । पर्यटन मन्त्रालयले गरेको छानबिका क्रममा उनी एउटा पुरानो मुद्दामा दोषी ठहर भएको पाइएको हो ।  २०७४ साल पुस ७ गते  कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ । कार्यालयले पुस ३० गते पठाएको पत्रमा कतार एयरलाइन्सको विमानबाट नेपाल आउँदा  उनले बिस्कुट आकारको ३ थान सुन ल्याएको र त्यसमा ३० ग्राम अवैध भएपछि पक्राउ परेको उल्लेख गरिएको छ ।&nb...

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन नगर्न अन्तरकालीन आदेश

१४ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ । पुस २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध रेग्मीले […]

पर्यटन बोर्डका सीईओलाई स्पष्टीकरण

सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनन्जय रेग्मीलाई तीन दिने लिखित स्पष्टीकरण माग गरेको छ ।सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग भएको विवादका सम्बन्धमा मौखिक जानकारी लिएका थिए । तर मौखिक जानकारीले सन्तुष्ट नभएपछि उनलाई नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा […]