मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच भएको सम्झौतामा दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता जनाइएको छ । समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने बत