अब फिल्म हेर्नका लागि पनि कोरोनाको खोप कार्ड चाहिने भएको छ । आइतबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरेसँगै फिल्म हेर्न पनि कोरोना खोप कार्ड चाहिने भएको हो ।नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म हेर्न आउने दर्शकले अनिबार्य कोरोनाको खोप कार्ड देखाउनुपर्ने बताए । ‘कोभिड १९ व्यवस्थापन समितिको बैठकले गरेको निर्णय फिल्म हलमा पनि लागु हुनेछ,’ शर्माले भने ‘त्यो सबैको सुरक्षाका लाग