सभामुख सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलको आपत्ति

काठमाडौं- एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त गरिएको सूचना टास्न माग गर्दै एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र एमाले सांसदहरुले सभामुख अग्नि सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलले आपत्ति जनाएका छन् । सोमबार काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीका प्रमुख सचेतकहरुले सँयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीकाे आलोचना गरेकोप्रति एमालेकाे आपत्ति

काठमाडौं । नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको मंगलबारको बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जारी गरेकोसँग नजोड्न आग्रह गर्नुभएको हो। राष्ट्रपति भण्डारीलाई संविधानले नै विधेयक फिर्ता पठाउने […]

अमेरिकालाई पत्र नपठाएकोमा सत्तारुढ सांसदकै आपत्ति

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने नेपालको निर्णयबारे अमेरिकी सरकारलाई पत्र नपठाइएको भन्दै सत्तारुढ दलकै सांसदले आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरुले यस्तो आपत्ति जनाएका हुन् ।नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एसपीपी मा सहभागी नहुने नेपाल सरकारको निर्णयका बारेमा तत्कालै अमेरिकालाई पत्राचार गर्न नसकिने भनी […]

एमसीसीबारे सत्तारुढ दलभित्रै मतभेद

अमेरिकी सहायता परियोजना एमसीसी संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा प्रस्तुत हुँदा सत्तारुढ दलहरु नै विभाजित भएका छन् । सत्ता गठबन्धनको बैठकमा एमसीसी सदनमा प्रस्तुत गर्ने सहमति भए पनि यो विषय संसद् बैठकको कार्यसूचीमा प्रवेश गरेपछि सत्तारुढ दलले नै विरोध जनाए ।संसद् बैठकको सुरुमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद्को कार्यसूचीमा एमसीसी परेकोमा आपत्ति […]

एमसीसी संसदमा टेबल गर्ने सत्तारुढ दलको सहमतिप्रति झलनाथको आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी संसदमा टेबल गर्ने सत्तारुढ दलका शीर्ष नेताहरुको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसदमा टेबल गर्ननहुने भएकाले त्यस्तो सहमतिलाई आफूहरुले स्वीकार्न नसक्ने प्रतिक्रिया दिनुभएको छ । संसद नचल्ने भन्दै उहाँले कहाँ टेबल गर्ने भन्ने प्रश्न गर्नुभएको हो । सर्वत्र विरोध भइरहेको बताउदै […]

प्रचण्डको अभिव्यक्तिप्रति ओलीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले बिल्कुलै झुट बोलेको दाबी गर्दै देशका अगाडि बेइमानीपूर्ण कुरा नगर्न पनि चेतावनी दिए । बुधबार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले पहिला आफूले जारी

सभामुखप्रति एमाले सांसदको धम्कीपूर्ण अभिव्यक्तिप्रति सत्तारुढ दलको आपत्ति

काठमाडौँ । नेकपा एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाप्रति देखाएको व्यवहार र अभिव्यक्तिप्रति सत्तापक्षीय गठबन्धन दलले आपत्ति जनाएका छन्। सोमबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको संसदीय दलले आपत्ति जनाएका हुन्। यही भदौ ३ र ४ गते प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू माधव नेपालसहितका नेताहरूलाई गरिएको कारबाहीबारे […]

एमाले सांसदहरूले सभामुखलाई धम्की दिएको भन्दै सत्तारुढ दलको आपत्ति

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसदहरूले धम्की दिएको प्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकत

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएपछि सत्ता पक्षको आपत्ति

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि  लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको गरेपछि सत्तारुढ दल एमाले आपत्ति जनाएको छ ।  प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि बिहीबार एमाले लुम्बिनी प्रदेश संसदीय दलले गरेको  पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले आपत्ति जनाएका हुन् । उनले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने जिकिर गर्दै अधिवेशनबारे पार्टीमा थप छलफल र परामर्श गर्दै अ