कांग्रेस नेतृ आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाबीच भेटवार्ता भएको छ। उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच बुधबार भेटघाट भएको हो। छ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालाले बताएका छन्।

सम्बन्धित सामग्री

राणा–चौथाइवाले निरन्तर भेटको अर्थ

कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले बुधबार नयाँदिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् । देउवाले पाँचौं पटक सत्ताको नेतृत्व गरेको एक वर्षमा राणा र चौथाइवालेबीच भएको यो चौथो भेटवार्ता हो । उनीहरूबीच निरन्तर भेटवार्ताले निहित उद्देश्य व्यक्तिगत सम्बन्ध विस्तारमा केन्द्रित हो कि पार्टी–पार्टी सम्बन्ध सुदृढीकरणमा भन्ने चासो पनि पैदा गरेको छ ।