आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा

काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सको २३ औं वार्षिक साधारणसभा आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । साधारणसभा उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले भर्चुअल माध्यमबाट गरेका थिए । कार्यक्रममा अध्यक्ष ढकालले हाल कुल बीमाको पहुँच २६ प्रतिशत र समग्र बीमा क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको जानकारी दिए । पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, पहुँच विस्तार आदिले बीमा व्यवसाय र नाफामा वृद्धि भएकाले पुँजी बजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको उनले बताए । बीमाको नयाँ क्षेत्र पहिल्याएर नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले आगामी वर्ष थप नवीनतम सेवासहित ग्राहकमुखी योजना ल्याइने उनको भनाइ छ । कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र बीमा समितिबाट स्वीकृत हुनासाथ ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव पारित गर्ने निर्णय साधारणसभाबाट पारित भएको छ । बोनस तथा हकप्रद शेयर जारी भएपछि  कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने ढकालले जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले ग्राहकमैत्री योजना अगाडि सारेकाले संस्थालाई बीमा बजारमा अग्रणी कम्पनीको रूपमा स्थापित हुन सफल भएको बताए । कम्पनीले आव ०७५/७६ मा १ अर्ब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकामा समीक्षा वर्षमा १ अर्ब ३९ करोड ९४ लाख यस्तो शुल्क आर्जन गरेको उनले जानकारी दिए ।

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योेरेन्सको २४औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ९ बैशाख । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भएको हो । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए […]

आइएमई जनरल इन्स्योरेन्सको २३औं बार्षिक साधारण सभा सम्पन्न

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै लिमिटेडले जुमको माध्यामबाट साधारण सभा अनलाईन रुपमा संचालन गरेको जनाएको छ । सभामा अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको भन्दै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परि...