गोदावरी–फूलचोकी क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्ने तयारी

काठमाडौँ। सर्वोच्च अदालतको पूर्ण इजलासले आदेश दिएको छ वर्षपछि काठमाडौँ उपत्यकाको गोदावरी–फूलचोकी क्षेत्रलाई सरकारले संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू सुशीला कार्की, गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेलको पूर्ण इजलासले २०७२ साल वैशाख ३ गते पर्यावरणीय संरक्षणका दृष्टिले अति महत्त्वपूर्ण गोदावरी– फूलचोकीलाई एक वर्षभित्र संरक्षित क्षेत्र घोषणा गरी त्यहाँको प्राकृतिक […]

सम्बन्धित सामग्री

ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीलाई समेटेर नयाँ संरक्षण क्षेत्र घोषणा

काठमाडौं । ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीडाँडा लगायतका क्षेत्रलाई समेटेर ‘गोदावरी–फूलचोकी वन संरक्षण क्षेत्र’ घोषणा गरिएको छ । विभिन्न व्यापारिक समूहहरूले फूलचोकी डाँडामा केवलकार बनाउने प्रस्ताव पारित गराउने प्रयास गरिरहेका बेला सरकारले उक्त डाँडालाई संरक्षित क्षेत्र घोषणा गरेको हो । सर्वोच्च अदालतले २०७२ साल वैशाख ३ गते फूलचोकी क्षेत्रलाई प्रचलित कानून बमोजिम आरक्ष, निकुञ्ज वा […]

गोदावरी-फूलचोकी अब संरक्षित वन क्षेत्र

ललितपुरको गोदावरी र काभ्रेपलाञ्चोकको फूलचोकीडाँडा लगायत भागलाई समेटेर सरकारले ‘गोदावरी–फूलचोकी वन संरक्षण क्षेत्र’ घोषणा गरेको छ । नयाँ वन ऐनअनुसार घोषणा गरिएको यो पहिलो वन संरक्षण क्षेत्र हो । वन ऐन ०७६ को दफा १५ उपदफा १ मा ‘प्रदेश मन्त्रालयको परामर्शमा केन्द्रको वन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी राष्ट्रिय वनको कुनै भाग तथा सम्बन्धित भू–परिधीय क्षेत्रलाई सीमांकन गरी विशेष कार्ययोजना बनाई वन संरक्षण क्षेत्रका रूपमा घोषणा गर्न सक्ने’ उल्लेख छ । सोही व्यवस्थाअनुसार घोषणा गरिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए ।