अपि–नाम्पा संरक्षण क्षेत्र अढाई वर्षदेखि परिषदबिहीन

दार्चुला । जनतालाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै २०६७ असार २८ गते घोषणा गरिएको अपि नाम्पा संरक्षण क्षेत्र अढाई वर्षदेखि परिषदबिहीन छ । राजनीतिक दलहरूमा परिषद् गठनका लागि सहमति नहुनु तथा कानुनी जटिलताले गर्दा परिषद् गठन हुन सकेको छैन । परिषद् गठनका लागि दर्जनौँ पटक राजनीतिक दल, जनप्रतिनिधिबिच कार्यालयले बैठक बोलाए पनि सहमति हुन नसक्दा परिषद् […]

सम्बन्धित सामग्री

उद्योगमन्त्री बडु र प्रदेश उपसभामुख जोशीले गरिन मतदान

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले मतदान गरेका छन्। महाकाली नगरपालिका वडा नम्बर ५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको (क) केन्द्रमा दुवै...

अनुमतिबिनै यार्सागुम्बा संकलन

दार्चुला– दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा संकलन गरिरहेका छन् ।हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यहाँका संकलक वैशाख दोस्रो साता नै संकलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताए । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका […]

दार्चुलाबाट ३७९ किलोग्राम यार्सागुम्बा निकासी, ८३ लाख ७० हजार राजस्व संकलन

असोज १०, दार्चुला । यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छूटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौं निकासी गरेका हुन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष आठ क्विन्टलभन्दा बढी यार्सागुम्बाको निकासीका लागि अनुमति दिएको छ । यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो रू. ३० हजारका दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत रू. ८३ लाख ७० हजार राजस्व संकलन गरेको उनले बताए । व्यापारीको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै विक्री हुन बाँकी छ । गत असारदेखि खरीद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन् । ‘यार्सागुम्बा खरीद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा विक्रीका लागि काठमाडाँै लगेका छैनौँ’, व्यापारी धनसिंह जागरीले भने, ‘अहिले जिल्लामै स्थानीयवासीबाट संकलनको काम भइरहेको छ ।’ अहिले यार्सागुम्बाको गुणस्तर अनुसार प्रतिकिलो रू. नौ लाखदेखि २० लाख मूल्य पुगेको छ । व्यापारीले यार्सागुम्बा ग्रेडका आधारमा विक्री गर्ने गर्छन् । यार्सागुम्बाको राम्रो मूल्यको प्रतिक्षामा व्यापारीले यार्सागुम्बा काठमाडौं लगेका छैनन् । व्यापारीले अहिले दार्चुला र भारतको धारचुलालगायत क्षेत्रमा यार्सागुम्बा संकलन गरिरहेका छन् ।  यार्सागुम्बा खरीदका लागि विभिन्न क्षेत्रबाट व्यापारी सदरमुकाम खलंगामा महीनाँैदिनदेखि बसेका छन् । भारतबाट व्यापारीले लुकाइछिपाइ नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण व्यापारीले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् ।  दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ । रासस

जडीबुटी निकासी वृद्धि

दार्चुलाबाट वार्षिक अढाइ लाख क्विन्टल जडीबुटी निकासी हुने गरेको छ । हिमाली क्षेत्रमा पाइने डेढ दर्जन बढी प्रकारका जडीबुटी निकासी हुने गरेका हुन् । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाको जडीबुटी नेपालगञ्ज र काठमाडौं निकासी हुने गरेको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत झण्डै १६ प्रकारका जडीबुटी हरेक वर्ष निकासी हुने गरेका छन् भने बहुमूल्य जडीबुटी यार्सागुम्बा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्र निकासी हुन्छ । जिल्लाबाट आर्थिक वर्ष २०७१÷०७२ मा दुई लाख ४५ हजार ५२३ किलो जडीबुटी निकासी भएको छ ।