सुर्खेत : प्रदेश सरकार स्थापना भएदेखि लगाएको ऋण तिर्दा नै आफ्नाे कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन्।नीति तथा कार्यक्रम माथि प्रदेशसभाका सदस्यहरुले उठाएका प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिर्नु आफ्नो दायित्व भएको बताए। जथाभावी योजना बनाई काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए।अहिले बजेट असन्तुलित आउनेवाला छ भन्दै मुख्यमन्त्री शाहीले हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन न