निर्वाचन गतिविधिकाे अनुगमन गर्न मुख्यमन्त्री शाही हुम्ला

सिमकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृहजिल्ला हुम्ला आइपुगेका छन्। स्थानीय तहको निर्वाचनको अनुमगनका लागि हवाइजहाजबाट मुख्यमन्त्री शाही जिल्लामा आइपुगेका हुन्। गृहजिल्लामा आइपुगेलगत्तै मुख्यमन्त्री शाहीले सञ्चारकर्मीहरूसँग बोल्दै निर्वाचनका गतिविधिहरूको अनुगमनका लागि जानकारी दिए। निर्वाचनका लागि हालसम्म भएका गतिविधिहरूको जानकारी समेत लिने उनले बताए। निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्ने बताउँदै उनले भयरहित वातावरणमा मतदान गर्न […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री जीवनबहादुर शाही शुक्रबार गृहजिल्ला हुम्ला आउने

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्री भएयता दोस्रो पटक गृहजिल्ला आउन लागेका छन्। यसअघि खार्पुनाथ गाउँपालिकाको आग्रहमा बाढी–पहिरो पीडितको स्थलगत अनुगमन गर्न जिल्ला आएका मुख्यमन्त्री शाही यसपटक भने कार्यालयकै कामको सिलसिलामा हुम्ला आउन लागेका हुन्। मुख्यमन्त्री शाहीको नेतृत्वमा ठूलै टोली हुम्ला आउन लागेकाे हो। शुक्रबार बिहान हुम्ला आउने उनको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री […]

मुगु गए मुख्यमन्त्री शाही आगलागी पीडितका लागि राहत बोकेर

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुगुको सदरमुकाम गमगढीमा लागेको आगलागीबारे अनुगमन गर्न मुगु गएका छन्। मुख्यमन्त्री शाही राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधवार (आज) बिहान मुगु गएका हुन् । काठमाडौँबाट टेन्ट, लत्ताकपडा र भाँडा लगिएको छ भने, सुर्खेतबाट खाद्यान्न र रेडक्रसको तत्कालीन सामग्रीहरू लगिएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ। मुख्यमन्त्री शाही मङ्गलवार […]

मुख्यमन्त्री शाही गमगढीका आगलागी पीडितका लागि राहत लिएर जाने

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही मुगुको सदरमुकाम गमगढीका आगलागी पीडितका लागि राहत लिएर जाने भएका छन्। तत्कालका लागि पीडितलाई राहात सामग्री प्रदान गर्न र आगालागीको अनुगमन गर्न मुख्यमन्त्री शाही त्यतर्फ जान लागेको उनका स्वकीय सचिव राज बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार राहात सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, पाल, लत्ता कपडालगायत छन्। गमगढीमा […]

मौसमअनुसार अहिलेको प्रहरी पोशाक अनुपयुक्तः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हिमाली क्षेत्रमा कार्यरत नेपाल प्रहरीलाई मौसमअनुसार पोसाकको व्यवस्था हुनुपर्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालयको अनुगमन गर्ने क्रममा उनले भने, ‘तराई र मध्यपहाडमा जस्तै प्रहरी पोसाकले हिमाली क्षेत्रमा कार्यरत प्रहरीका लागि अहिलेको पोसाक उपयुक्त छैन।’ हिमपात हुने र तापक्रम माइनस २० डिग्रीमा झर्ने ठाउँमा देशभर एउटै किसिमको पोसाकले काम […]

मुख्यमन्त्री शाही एक्कासि किन पुगे गृहजिल्ला ?

कर्णालीका नवनियुक्त  मुख्यमन्त्री  जीवनबहादुर शाही एक्कासि गृहजिल्ला हुम्ला पुगेका छन् । उनी आइतबार हेलिकप्टरबाट हुम्ला पुगेको शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ । सचिवालयका अनुसार शाही गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाबाट भएको क्षति अनुगमन गर्न हुम्ला गएका हुन् ।  उनी दिउँसो २ बजे सिमीकोट पुगेका छन् । मुख्यमन्त्री शाहीले आइतबार खार्पुनाथ गाउँपालिका–२ स्थित थाली गाउँमा पहिरोले पुर्याएको क्षति अवलोकन गर्ने कार्यक्रम रहेको छ । थाली गाउँमा  पहिरोले स्

कर्णाली प्रदेश अस्पतालमा थन्किएको अक्सिजन प्लान्ट आइतवारदेखि सञ्चालनमा

वैशाख २०, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ ।  कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतवारदेखि सञ्चालनमा आएको छ । मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली कांग्रेस प्रदेशसभा दल नेता जीवनबहादुर शाहीसहितको टोलीले आइतवार त्यहाँ पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।  तीन दिनअघि मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले प्रदेश अस्पतालको स्थलगत अनुगमन गर्नुका साथै कोरोना संक्रमितको अवस्था अध्ययन, आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनका बारेमा अस्पताल निर्देशक प्रा डा डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा केएन पौडेलसँग जानकारी लिएका थिए । खासगरी पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले संक्रमितको संख्या बढ्दै गएको र त्यसमा श्वासप्रश्वासका बिरामीको जीवन बढी खतरामा रहेको भन्दै मुख्यमन्त्री शाही आफैँ प्रदेश अस्पताल पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग गरे ।  सामाजिक विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री, नेपाली सेनाका पृतनापति, सामाजिक विकास सचिव, सशस्त्र तथा नेपाल प्रहरी कर्णाली प्रदेश प्रमुखसहितको टोलीले स्थलगत गर्नुका साथै प्लान्ट सञ्चालनमा सहजीकरण गरेको थियो । आइतवारदेखि नै कोभिड अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन आपूर्ति गरिएको बताइएको छ । अस्पताल निर्देशक प्रा डा खड्काका अनुसारका अक्सिजन उत्पादनका साथै अबको केही दिनमा सिलिण्डर नै रिफिलिङ हुने गरी काम भइरहेको छ । यसो हुन सकेमात्र श्वासप्रश्वासका बिरामीलाई राहत हुने अस्पतालले जानकारी दिएको छ । रासस

कोरोना बिरामीको अवस्थामा बुझ्न मुख्यमन्त्री शाही अस्पतालमा

सुर्खेत । पछिल्लो समय कर्णालीमा पनि कोरोनाको अवस्था भयावह बन्दै गएको छ ।  दैनिक सयौँ कोरोनाका बिरामी थपिनुका साथै दैनिक मान्छेको मृत्यु भइरहेको अवस्था छ ।  कर्णालीमा कोरोनाको अवस्था भयावह बन्दै गएपछि प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार साँझ बिरामी भेट्न अस्पतालमै पुगेका छन् । उनले प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड संक्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा जानकारी लिए । उनले अनुगमन पश्चात उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।  शाहीले कोभिड आइसोलेशन व

घोडाबाट लडेर कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घाइते, अवस्था सामान्य

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्। सिमकोटस्थित लिमाटाङमा रहेको जलविद्युत आयोजनाको अनुगमन गर्न जाने क्रममा घोडामा सवार मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएका हुन्। टाउकोमा सामान्य चोट लागेका उनलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइसकेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्। मुख्यमन्त्री शाहीलाई प्रदेश