बेलायतकी गृहमन्त्री सुलेला ब्रेभम्यानले पाकिस्तानी मूलका बेलायती पुरुषप्रति गरेको टिप्पणीको अहिले आलोचना भइरहेको छ। एक टेलिभिजन अन्तर्वार्तामा उनले बेलायती पाकिस्तानी पुरुषहरुले श्वेत वर्णका युवतीहरुको फाइदा उठाएर बलात्कार गर्ने गरेको दाबी गरेकी थिइन्।
स्काइ न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, 'चुनौतीपूर्ण परिस्थितिमा रहेका गोरी बेलायती युवतीहरु, जसलाई फसाउन सजिलो हुन्छ। उनीहरुलाई ब्रिटिश-पाकिस्तानी…