राजपत्रमा प्रकाशित गरेर नागरिकता ऐन लागू गर्न प्रधानमन्त्रीलाई सल्लाहकारको सुझाव

काठमाडैँ । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले राजपत्रमा प्रकाशित गरेर सरकारले नागरिकतासम्बन्धी ऐन लागू गर्नुपर्ने सल्लाह दिएका छन्।  दुवै संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले दुवैपटक प्रमाणित नगरेको र संसद् पनि नभएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेर कार्यान्वयन थाल्नुपर्ने बताएका छन्। सुवेदीले वर्तमान सरकारले जारी गर्ने राजपत्रलाई आवश्यक परे आगामी संसद्ले […]

सम्बन्धित सामग्री

संशोधित नेपाल नागरिकता ऐन कार्यान्वयनको बाटोतर्फ: आमाको नामबाट नागरिकता पाइने

काठमाडौं । राष्ट्रपतिबाट नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ प्रमाणित भएको तीन महिनापछि सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी गरेको छ । गृह मन्त्रालयले नियमावली राजपत्रमा प्रकाशित गरेसँगै नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनमा आएको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ । नयाँ नियमावलीको व्यवस्थाअनुसार उमेर पुगेका र बाबुको […]

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् । नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो । प्रारम्भिक सुनुवाइका लागि आईतबारलाई पेशी तोकिएको अधिवक्ता भण्डारीले जानकारी दिए।