संशोधित नेपाल नागरिकता ऐन कार्यान्वयनको बाटोतर्फ: आमाको नामबाट नागरिकता पाइने

काठमाडौं । राष्ट्रपतिबाट नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ प्रमाणित भएको तीन महिनापछि सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी गरेको छ । गृह मन्त्रालयले नियमावली राजपत्रमा प्रकाशित गरेसँगै नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनमा आएको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ । नयाँ नियमावलीको व्यवस्थाअनुसार उमेर पुगेका र बाबुको […]