'म्यानमारलाई बचाऔं' भन्दै वसन्तपुरमा मैनबत्ती बाल्दै गरियो 'थ्री फिंगर सल्युट'

काठमाडौं : म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएर हिंसा फैलाएको र नागरिकमाथि दमन गरेको विरोधमा काठमाडौंमा ‍शान्तिपूर्ण प्रदर्शन गरिएको छ। वसन्तपुरमा युवाहरुले मैनबत्ती बालेर म्यानमारमा शान्तिको बाटोमा ल्याउन माग गरेका हुन्। मैनबत्ती प्रज्वलन कार्यक्रममा सहभागीहरुले 'म्यानमारलाई बचाऔं', 'हामी बर्मेलीको साथमा छौं' लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। यस्तै, युवाहरुले म्यानमारमा सैन्य शासनविरुद्धको प्रतिक बनेको…

सम्बन्धित सामग्री

चिनियाँ अन्तरिक्षयात्रीले अन्तरिक्षमा बाले मैनबत्ती (भिडियो)

कमजोर गुरुत्वाकर्षण क्षेत्रमा आगो कसरी बल्छ भनेर चिनियाँ अन्तरिक्षयात्रीहरूले विद्यार्थीलाई मैनबत्ती बालेर देखाएका थिए ।

बौद्ध स्तूपामा मैनबत्ती प्रज्ज्वलन गर्दै सेलिब्रिटीले सम्झिए सारुकलाई

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको १३ औं दिनको पुण्यतिथिमा सेलिब्रिटी र फ्यानले उनलाई सम्झिएका छन् । उनको सम्झनामा बुधबार बेलुका बौद्धनाथ स्तुपामा मैनबत्ती प्रज्वलन गरियो, जहाँ उनको परिवार, कलाकार र सर्वसाधारणले सारुकलाई सम्झिंदै श्रद्धासुमन व्यक्त गरे । उनका बुवाआमा, कलाकारहरु रेनशा बान्तवा राई, साम्राज्ञी शाह, बेनिशा हमाल, सुष्मा कार्की, नितेशजंग कुँवर, मलिना जोशी, श्रद्धा […]

के हो मैनबत्ती विश्लेषण ?

काठमाडौं । धितोपत्र बजारमा लगानी गर्नुअघि मुख्यत: आधारभूत विश्लेषण र प्राविधिक विश्लेषण गरी शेयरको उचित मूल्य अनुमान गरिन्छ । प्राविधिक विश्लेषणका प्रकार धेरै छन् । तीमध्ये मैनबत्ती विश्लेषण महत्त्वपूर्ण छ, किनभने यो अन्य प्राविधिक विश्लेषणको तुलनामा सरल मानिन्छ । नेपालका शेयर लगानीकर्तामाझ पनि मैनबत्ती विश्लेषण लोकप्रिय छ । मैनबत्ती विश्लेषणको सहायताले बजारका लगानीकर्ता, व्यापारीका साथै समग्र बजारको मनोविज्ञान थाहा हुने भएकाले यसको प्रयोग बढेको पाइन्छ । मैनबत्ती विश्लेषणको माध्यमबाट बजारको आगामी दिशाका बारेमा अनुमान लगाउन सहज हुन्छ । मैनबत्ती विश्लेषणको शुरुआत जापानबाट भएको थियो । त्यसैले मैनबत्ती विश्लेषणमा प्रयोग हुने अधिकांश शब्दावली जापानी भाषाका छन् । जापानका म्युनेहिसा होम्मा नाम गरेका व्यापारीले १८औं शताब्दीमा मैनबत्ती विश्लेषणको शुरुआत गरेका थिए । मूल्यमा आपूर्ति र मागले मात्र नभर्ई बजारको मनोविज्ञानको पनि प्रभाव पार्ने भएको देखेर होम्माले चामलको मूल्यको पूर्वानुमान गर्न मैनबत्ती विश्लेषणको प्रयोग गरेका थिए । मैनबत्ती विश्लेषणमार्फत कुनै एउटा कम्पनीको शेयर मूल्यबारे मात्र होइन, समग्र बजारको पनि अवस्था देख्न सकिन्छ । साथै कुनै दिन वा अवधिको कारोबार शुरू हुँदाको मूल्य, सो अवधिमा कारोबार बन्द हुँदाको मूल्य, कारोबार दिनको कुनै बेला पुगेको अधिकतम मूल्य र न्यूनतम मूल्य एकै झलकमा थाहा पाउन सकिन्छ । यसको सहायताले प्रत्येक मिनेट, घण्टा, दिन र हप्ताका साथै महीनाको आधारमा विश्लेषण गरेर मूल्यको पूर्वानुमान गर्न सकिन्छ । मैनबत्तीका भागहरू मैनबत्ती विश्लेषण गर्नुपूर्व लगानीकर्ताले मैनबत्तीका भागहरू बुझ्नुपर्ने हुन्छ । मैनबत्तीको शरीर, शरीरको माथिल्लो भाग, तल्लो भाग, टुप्पी र पुच्छर गरी पाँच भाग हुन्छन् । मैनबत्तीको शरीर मैनबत्तीको ठाडो चतुर्भुज आकारलाई ‘रियल बडी’ अर्थात् शरीर भनिन्छ । यसले सम्बन्धित कम्पनी (अथवा बजार)को कारोबार दिनको बजार खुल्दा र बन्द हुँदाको बीचको मूल्य बुझाउँछ । शरीर हरियो–रातो वा सेतो–कालो दुई रङको हुन्छ । रंगीन मैनबत्तीमा हरियो र रातो रङको प्रयोग गरिन्छ । यस्तै श्यामश्वेत मैनबत्ती विश्लेषण गर्दा सेतो र कालो रङको प्रयोग गरिन्छ । मैनबत्तीको शरीर रातो वा कालो छ भने सो कारोवार अवधिमा कारोबार बन्द हुँदाको मूल्य कारोबार खुलेको मूल्यभन्दा घटेको भन्ने बुझिन्छ । यस्तै हरियो वा सेतो भएमा कारोबार बन्द हुँदाको मूल्य कारोबार खुलेको मूल्यभन्दा बढेको भन्ने बुझाउँछ । मैनबत्तीको टुप्पी मैनबत्तीको शरीरको माथिल्लो भागमा रहेको ठाडो धर्कोलाई ‘हेड’ अर्थात् टुप्पी भनिन्छ । टुप्पीको सहायताले उक्त कारोबार अवधिको अधिकतम शेयरमूल्य जान्न सकिन्छ । उदाहरणका लागि कुनै कम्पनीको टुप्पी ३०० रुपैयाँसम्म पुगेको छ भने उक्त कारोबार अवधिमा सो कम्पनीको शेयरमूल्य सो अवधिमा कुनै समयमा ३०० रुपैयाँसम्म पुगेको भन्ने बुझिन्छ । रातो वा कालो शरीर भएको मैनबत्तीमा टुप्पी छैन भने उक्त कारोबार अवधिमा कम्पनीको कारोबार खुल्दाको मूल्य नै अधिकतम मूल्य भएको बुझ्नुपर्छ । मैनबत्तीको पुच्छर मैनबत्तीको शरीरको तल्लो भागमा रहेको ठाडो धर्कालाई ‘टेल’ अर्थात् पुच्छर भनिन्छ । पुच्छरको सहायताले उक्त कारोबार अवधिको न्यूनतम शेयरमूल्य थाहा पाउन सकिन्छ । उदाहरणका लागि कुनै कम्पनीको पुच्छर ३०० रुपैयाँसम्म पुगेको छ भने उक्त कारोबार अवधिमा कम्पनीको न्यूनतम शेयरमूल्य सो कारोबार अवधिमा कुनै बेला ३०० रुपैयाँसम्म पुगेको बुझिन्छ । यस्तै रातो वा कालो शरीर भएको मैनबत्तीमा पुच्छर छैन भने उक्त कारोबार अवधिमा सो कम्पनीको कारोबार बन्द हुँदाको मूल्य नै न्यूनतम मूल्य रहेछ भन्ने हुन्छ । शरीरको माथिल्लो बिन्दु र तल्लो बिन्दु मैनबत्तीको शरीरको तल्लो र माथिल्लो बिन्दुले कारोबार शुरू हुँदा वा बन्द हुँदाको मूल्य (रङअनुसार) बुझाउँछ । रातो वा कालो रङको शरीरको माथिल्लो बिन्दुले कारोबार शुरू हँुदाको मूल्य बुझाउँछ भने तल्लो बिन्दुले कारोबार बन्द हुँदाको मूल्य बुझाउँछ । उदाहरणका लागि कुनै कम्पनीको रातो वा कालो रङको शरीरको माथिल्लो बिन्दु ३०० रुपैयाँ छ भने उक्त कम्पनीको कारोबार शुरू हुँदाको मूल्य ३०० रुपैयाँ रहेको बुझिन्छ । यसैगरी हरियो वा सेतो रङको शरीरको तल्लो बिन्दुले कारोबार शुरू हुँदाको मूल्य बुझाउँछ भने माथिल्लो बिन्दुले कारोबार बन्द हुँदाको मूल्य बुझाउँछ । उदाहरणका लागि कुनै कम्पनीको शरीरको माथिल्लो बिन्दुले ३०० रुपैयाँ छ भने उक्त कम्पनीको कारोबार बन्द हुँदाको मूल्य ३०० रुपैयाँ रहेको थाहा हुन्छ । मैनबत्ती विश्लेषणका लागि आवश्यक सबै भागहरू बुझिसकेपछि मैनबत्तीका प्याटर्नले दिएको संकेतका आधारमा लगानीको निर्णय लिन सकिन्छ । मैनबत्ती विश्लेषणमार्फत कुनै वस्तु, कम्पनीका साथै समग्र बजारको कारोबार भोल्यूमको तुलना गरी मूल्यको पूर्वानुमान पनि गर्न सकिन्छ ।

युक्रेनमा शान्तिको कामना गर्दै बाैद्धनाथमा राजदूतहरुले गरे मैनबत्ती प्रज्वलनप्र

१९ फागुन, काठमाडौं । युक्रेनमा शान्तिको कामना गर्दै संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका राजदूतले काठमाडौंको बाैद्धनाथमा मैनबत्ती प्रज्वलन गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा नेपालस्थित विभिन्न देशका राजदूतले शान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेका हुन् । बिहीबार साँझ बाैद्धनाथमा मैनबत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत र्‍याण्डी बेरी, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड र फिनल्याण्डका राजदूत […]

मैनबत्ती बालेर दसैँ मनाए सिमकोटवासीले

हुम्ला – हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटवासीले मैनबत्ती बालेर दसैँ मनाएका छन्। सिमकोट गाउँपालिका– ५ का बर्ख रोकायाले विद्युत् आपूर्ति नहुँदा मैनबत्ती बालेर दसैँ मनाएको बताए। बत्ती नभएकै कारण देवीको आराधना एवं पूजापाठ गर्न र बलि दिन समस्या भएको उनले बताए। कतिपयले त दियालो (झर्राे) बालेर दसैँ मनाएको सिमकोट–५ कै रन […]

मैनबत्ती प्रज्ज्वलनमा खुम्चियो तेश्रो लिंगीहरुको प्राइड परेड (फोटो फिचर)

तेश्रो लिङ्गीहरुले मनाउँदै आएको प्राइड परेड सरकारले लगाएको निषेधाज्ञाका कारण यो वर्ष पनि  मैनबत्ती प्रज्ज्वलनमा खुम्चिएको छ।गएको वर्ष पनि सरकारले लगाएको निषेधाज्ञाका कारण अनलाइनमा सिमित भएको प्राइड परेड यो वर्ष भने मैनबत्ती सभामा सिमित भएको हो। पछिल्लो एक वर्षमा ज्यान गुमाएका २५ जनाको सम्झनामा मैनबत्ती प्रज्ज्वलन गरिएको आयोजक पक्षले जनाएको छ।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्झनामा बालियो मैनबत्ती

काठमाडौं : कोरोनाको महामारीका क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्मान तथा सम्झनामा मैनबत्ती बालिएको छ। मृतकका परिवारका सदस्यसहित रत्नपार्कको आकासे पुलमा मैनबत्ती बालेर सम्मान व्यक्त गरिएको हो। कोरोनाको महामारीका क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर रत्नपार्कको आकासे पुलमा सडक कला…

इन्द्रचोकमा साँझ मैनबत्ती जुलुस, पक्राउ परेका नछुटे थप आन्दोलनको घोषणा

सर्वोच्च अदालतको आदेशविपरीत सरकारले सडक बिस्तारको नाममा बालाजु बाइपासका स्थानीयको घर भत्काएको भन्दै आन्दोलित नागरिक समाजले साँझ मैनबत्ती जुलुस निकाल्ने भएको छ