कोरोना महामारीमा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्झनामा बालियो मैनबत्ती

काठमाडौं : कोरोनाको महामारीका क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्मान तथा सम्झनामा मैनबत्ती बालिएको छ। मृतकका परिवारका सदस्यसहित रत्नपार्कको आकासे पुलमा मैनबत्ती बालेर सम्मान व्यक्त गरिएको हो। कोरोनाको महामारीका क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर रत्नपार्कको आकासे पुलमा सडक कला…

सम्बन्धित सामग्री

'कोभिड फ्रन्टलाइनर'हरुको स्मृतिमा दीप प्रज्वलन [तस्बिरहरू]

कोरोनाबाट ज्यान गुमाएका 'फ्रन्टलाइनर'हरुको सम्झनामा सोमबार रत्‍नपार्कमा दीप प्रज्वलन गरिएको छ ।कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु भएकाहरुको सम्मान अनि सम्झनामा उनीहरुका परिवारका सदस्यसहित साथीहरुले रत्नपार्कको आकाशे पुलमुनि बनाइएको मुरल पेन्टिङअघि मैनबत्ती बालेर दीप प्रज्वलन गरेका हुन् । अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूलाई काममा थप हौसला मिलोस् भनेर कलाकारहरु साङ्घे थिमे लामा, कृपा शेर्पा, सुम्निमा श्रेष्ठ र राजेश महर्जनले मुरल बनाएका हुन् ।