काष्ठकलाको इतिहास झल्काउने यी हुन् आकर्षक घर

म्याग्दी :  बेनी नगरपालिका- २ ज्यामरुककोटको गौश्वारमा १ सय वर्ष पुराना काष्ठकला र प्रस्थरकलाका इतिहास बोकेको ऐतिहासिक घरहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।सिर्मु र सालका काठमा कलात्मक रुपले कुदिएका सुन्दर बुट्टा। चिल्ला र बाख्ला छाउने ढुंगाले छाउको धुरी र पाली मुनि ९० डिग्रिको कोणमा हालिएका टुडाल। हेर्दै लोभ्याउने आकर्षक झ्याल ढोका। मल्ल र राणाकालीन शैलीको विरासत देखाउने १ सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङेघर।म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिव ९ किलोमिटर दक्षिणमा पर्ने गौश्वार

सम्बन्धित सामग्री

मिस अर्थमा रेनाले प्रस्तुत गरिन् पिपलको रुख झल्काउने ‘नेसनल कस्ट्युम’ (तस्वीर)

काठमाडौ । भियतनाममा जारी मिस अर्थ सुन्दरी प्रतियोगितामा मिस नेपाल अर्थ रेना मजगैयाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गरेकी छन् । शनिबार बेलुका आयोजित प्रारम्भिक चरणको प्रतिस्पर्धामा उनले जलवायु परिवर्तन न्यूनीकरणको सन्देश दिन बढी अक्सिजन दिने पिपलको रुख र पातको शैलीमा तयार पारिएको नेसनल कस्ट्युम प्रस्तुत गरिन् । भियतनामको होचि मिन्ह सहरमा भैरहेको प्रतिस्पर्धामा परम्परागत पोशाक, […]

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय, आन्तरिक र बाह्य पर्यटकको घुइँचो

सिन्धुपाल्चोक । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गीन ध्वजापताकाले सिङ्गारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महीनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति तथा वन्यजन्तु हेलम्बुका आकर्षण हुन् ।  हेलम्बु आएका ललितपुरको जाउलाखेलका विपुल शाक्य यहाँको मनमोहक दृश्य देखेर मोहित भएका छन् । काठमाडौँ उपत्यकाको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने क्रममा हेलम्बु पुगेका उनी आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दङ्ग परे ।   भूकम्पले गुम्बाको शहर भनेर चिनिने हेलम्बुको चहलपहल ह्वात्तै घटेको थियो ।  पुनःनिर्माणका क्रमाम आएका विविध समस्या यहाँका स्थानीयले समाधान गरेपछि अहिले माने र गुम्बा ठडिएका छन् । पदयात्राका क्रममा बाटैभरि ध्वजापताका, गुम्बा, मानेले मनै लोभ्याएको शाक्यले बताए । हेलम्बुभित्रको पर्यटकीय गाउँ शेर्माथाङमा रहेको होमस्टे अनि पाहुनालाई सत्कार गर्ने स्थानीयको शैलीले आफू प्रभावित भएको उनले बताए ।  “गाउँका मान्छेमा पाप हुँदैन भन्थे, यहाँ आएर थाहा भयो”, शाक्यले भने, “यहाँको सुन्दरताको वर्णन गरी साध्य छैन ।” यहाँको परिवेश, संस्कृति नेपालकै नमूना भएको उनको ठम्याइ छ । भूकम्प र कोरोनाले थलिएका पूर्वाधार, धार्मिकस्थलको पुनःनिर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन तङ्ग्रिन थालेको छ । क्षतिग्रस्त बस्ती र धार्मिकस्थल विस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिकाअन्तर्गतको प्रसिद्धस्थलमा दैनिक आउने पर्यटकको सङ्ख्या बढेको हो ।  हेलम्बु आइपुगेका रविन महर्जन पनि एकैनासका ह्योल्मो संस्कृति झल्काउने लहरै उभिएका हरिया घर देख्दा लोभिएका छन् । “यहाँको कृषि क्षेत्र पनि उदाहरणीय लाग्यो”, उनले  भने,  “स्याउ फल्छ भन्ने सुनेको मात्रै थिएँ, यहाँ प्रत्यक्षरुपमा देख्न पाइयोे ।” उनले यहाँ गरिएको किवीखेती लोभलाग्दो रहेको बताए । अझै समथर भू–भागमा मिलेर बसेको तार्केघ्याङ र मेलम्चीघ्याङ बस्ती निकै सुन्दर रहेको महर्जनले बताए । “हामीलाई एउटै बस्तीमा रङ्गीन ध्वजापताका र गुम्बाले निकै आकर्षित गरेको छ”, उनले भने । शाक्य र महर्जनमात्रै होइन, भूकम्पपछिको पुनःनिर्माणले देखिएको सुन्दरता देखेर यहाँ आइपुग्ने पर्यटक मोहित हुने गरेका छन् । गुम्बाको पुनःनिर्माणले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । वार्षिक ३६ हजार पर्यटक हेलम्बु पदमार्ग हुँदै आमायाङ्ग्री, मेलम्ची घ्याङलगायत स्थलमा पुग्ने गरेको तथ्याङ्क छ । अहिले पूर्वाधार र धार्मिक संरचना निर्माण भएकै कारण दैनिक ४० देखि ५० आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।  “पर्यटकीय पदमार्गमा चहलपहल बढेको छ । आन्तरिक मात्र होइन यहाँ बाह्य पर्यटक पनि दिनहुँ आउन थालेका छन् । उनीहरूले अधिकांश माथिल्लो क्षेत्र घुम्न जाने गरेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनले भने, “पर्यटकीय गाउँ हेलम्बुमा गुम्बालगायत अन्य भौतिक पूर्वाधार र आरामदायी बास बस्ने रिसोर्टको सुविधा सहज बनेपछि पर्यटक आउन थालेका छन् ।”  ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइलामा पर्यटक पुग्ने गर्छन् । समुद्री सतहबाट तीन हजार सात सय ७० मिटरमा पर्ने आमायाङ्ग्री पर्यटकको पहिलो रोजाइमा पर्छ । पदयात्रा रुचाउने प्रायःजसो आमायाङ्ग्री पुग्ने गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।  यो ठाउँमा पुग्न सवारीसाधन पुग्ने स्थानबाट झन्डै चार घन्टा उकालो लाग्नुपर्छ । किउलको सेर्माथान, मेलम्चीघ्याङस्थित पर्यटकका लागि लक्ष्य गरेर बनाइएको होटल, रिसोर्ट पहिलेकै सुविधासम्पन्न अवस्थामा ल्याइसकिएको छ । दुई दर्जन सडक, बिजुली, खानेपानीलगायत सबै सुविधा एकैसाथ गरिएपछि पर्यटकको रोजाइमा हेलम्बु परेको शेर्पा बताउँछन् । हेलम्बुबाट गोसाइँकुण्ड पदमार्ग हुँदै पुग्न सकिन्छ । सिमसिसाङ हिमाल, गन्जलापास–लाङटाङ क्षेत्र पुग्ने दुईदिने दुईवटा पदमार्ग बन्दै छ । त्यसैगरी सुन्दरीजल–कुन्टुङसाङ, घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, सेर्माथान–पाल्चोक भगवती, निन्देश्वरी महाकाल–आमायाङ्ग्रीजस्ता दर्जन पदमार्ग मर्मतको कामसमेत भइरहेको छ । ह्योल्मो जातिको पहिचान गुम्बा, गुफा र मन्दिर भएकाले हेलम्बु आउनेको सङ्ख्या बढेको छ । पर्यटक आउने क्रम बढिरहेकाले किउल, हेलम्बु भेगका होटल, रिसोर्ट भरिन थालेको होटल सञ्चालक रोशनी लामा बताउँछिन् ।  “भूकम्प र कोरोनापछि साम्य बनेको पर्यटन फेरि उठ्न थाल्यो, पर्यटक आउन थालेपपछि यहाँका रिसोर्ट ‘बुकिङ’ गर्ने क्रम बढ्न थालेको छ”, लामाले भनिन् ।  हेलम्बुको सुन्दरताबारे जानकारी पाएपछि यहाँ आइपुगेका पर्यटक बास बस्न तिम्बु झर्ने गरेको उनले जानकारी दिइन् । पर्यटकीय बस्तीका होमस्टे र कला संस्कृतिले पर्यटक लोभिँदै हेलम्बु आउने गरेका लामाको भनाइ छ । “धार्मिक र प्राकृतिक सम्पदाले पर्यटक आकर्षित हुँदैगएका छन्”, उनले भनिन् । अधिकांश पर्यटक यहाँ पदयात्राका लागि आउने गरेका छन् । –रासस

विधवा आमाको कथामा सरोजको बगान

कुशल अभिनेता तथा रंगकर्मी सरोज खनालले पहिलोपटक ठूलो पर्दाको फिल्म निर्देशन गरेका छन्। खनालद्वारा निर्देशित फिल्म बगानको सोमबार राजधानीको जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित एक समारोहबीच टिजर र शीर्ष गीत रिलिज गरिएको छ। आगामी फागुन १२ गते रिलिज हुने बगानको फिल्मको विषयवस्तु झल्काउने आकर्षक टिजरका साथमा उडी छुनु छ आकाश बोलको भावप्रधान गीतको लिरिकल भिडियो सार्वजनिक […]

कोरियन बार्बी क्यू रेष्टुरेन्ट शुभारम्भ

ललितपुरको जावलाखेलमा कोरियन बार्बी क्यू रेष्टुरेन्टको सुरु भएको छ ।कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकलासहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कँदै कोरियन बार्बी क्यू रेष्टुरेन्टको जावलाखेलमा सञ्चालन सुचारु भएको छ । लामो समय कोरियामा कार्यरत प्रेम गुरुङ नेपालमै कोरियन खानाको स्वाद पस्किन रेष्टुरेन्टको स्थापना गरेको बताए ।कोरियन खानाको स्वादका पारखीहरू बढ्दो […]

ललितपुरमा कोरियन रेष्टुरेन्ट सञ्चालन

कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियनपोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियनखानाका स्वादपस्कदै कोरियनबार्र्बी क्यु रेष्टुरेन्टको सुरुवात गरिएको हो।...

मिथिलाको मुहारमा हुम्लाको चिनो

एकातिर मिथिलाको प्राचीन गाथा झल्काउने आकर्षक सामग्री बेचेर सरिता मण्डल मुस्कुराउँदै छिन्। अर्कोेतिर हुम्लाकी बेलमती रोकाया परम्परागत खाद्य सामग्री चिनो, उवा, जिम्बुलगायतका सामग्रीको महत्व बुझाउँदै छिन्।...

कलात्मक मूल ढोकाले बढाउँछ घरको आकर्षण

काठमाडौं । नेपाललाई चिनाउने विभिन्न वस्तुमध्ये काष्ठकला पनि एक हो । विशेषगरी राजधानी सहर काठमाडौंसहित उपत्यकाका तीनै सहर काष्ठकलाका लागि प्रख्यात छन् । यहाँ प्राचीन समयदेखि प्रचलित काष्ठकलाको नमुना अहिले पनि सहरका चोक, गल्ली तथा पुरानो भागमा सदियौंदेखि उभिइरहेका अनगन्ती मठमन्दिर, पाटीपौवा तथा दरबारमा देख्न सकिन्छ । हेर्दै मनमोहक परम्परागत काष्ठकला मठ–मन्दिर तथा अन्य सम्पदाको जीर्णोद्धार हुँदा एवं विशेष किसिमको भवन वा नयाँ मन्दिर निर्माण गरिँदा अझै जस्ताको तस्तै अभ्यासमा छ । काठमा आकर्षक डिजाइनमा कुँदेर बनाइने झ्याल तथा ढोकाहरू भने निजी भवनमा पनि प्रयोग गर्न सक्छौं । यसो गर्दा दुर्लभ कलाको जगेर्ना हुन्छ र आफ्नो निवासको आकर्षणलाई पनि थप जीवन्त बनाउँछ । कंक्रिटका आधुनिक निर्माणले सहर ढाकिँदा पनि घरमा परम्परागत कलाको नमुना राख्ने अवसर काठका झ्याल र ढोकाले दिन्छ । सिमेन्ट पोतिएको भित्तामा परम्परागत झ्याल राख्दा त्यति व्यावहारिक र सुहाउँदो नहुने भएकाले अल्मुनियमको झ्याल राख्ने चलन बढ्दै गएको छ । तर, जब घरको ढोकाको कुरा आउँछ, अझै पनि काठबाट निर्मित ढोकालाई अन्य कृत्रिम सामग्रीले प्रतिस्थापन गरेको छैन । हामी काठबाटै बनेको ढोका प्रयोग गर्दछौं । ढोका बनाइने उच्च गुणस्तरको काठ सजिलै उपलब्ध नहुने र परम्परागत बुट्टा तथा देवदेवी वा अन्य चित्र हातैले कुँदेर बनाउने चलन भएकाले काठका कलात्मक ढोकाको लागत भने तुलनात्मक रूपमा महँगो देखिन्छ । यद्यपि, यस्ता ढोकामा उच्च गुणस्तरको काठ मात्र प्रयोग गरिने भएकाले सदियौं टिकाउ हुन्छ र तत्कालका लागि महँगो भए पनि लामो समयलाई ढुक्क हुन सकिन्छ । जानकारका अनुसार नेपाली परम्परागत ढोकाका लागि प्रयोग हुने काठ चुरे पहाड तथा आसपास पाइने अग्राख भनिने नेपाली सालको काठ हो । सालको आयुबारे प्रचलित लोक उक्तिअनुसार साल रुखको रुपमा १ हजार वर्ष र ढलेपछि पनि १ हजार वर्ष नै टिक्न सक्ने भनाइ छ । यस्तो बलियो काठलाई फर्निचरमा ढाल्नु पहिले परम्परागत तरिकाले सिजनिङ गर्ने अर्थात् सुकाउने कार्य गरिन्छ । ढोका तथा अन्य फर्निचर बनाउन काठ राम्रोसँग सिजनिङ हुनु अनिवार्य छ । उचित तरिकाले सिजनिङ गरिएको काठबाट ग्रहक चाहनाअनुसार विभिन्न डिजाइन र नापका ढोका बनाउने गरिन्छ । परम्परागत काष्ठकलाका लागि प्रख्यात भक्तपुरका विभिन्न स्थान तथा उपत्यकाको केही अन्य ठाउँमा पनि यस्ता परम्परागत ढोका बनाइने फर्निचरका सोरुम तथा पसल रहेका छन् । भक्तपुरको शिवशंकर फर्निचरका सञ्चालक जयकृष्ण शिल्पकारका अनुसार घरको मूलढोका काठमा विभिन्न डिजाइन कोरेर बनाउन आउने ग्राहक अझै उत्तिकै छन् । उनका अनुसार हाल यस प्रयोजनका लागि उपयोग हुने काठ तराईको हेटौंडा, चितवन र बुटवलबाट आउने गर्दछ । छिटोछरितो सिजनिङका लागि मेसिन प्रयोग पनि हुन थालेको छ । ग्राहकले अर्डर दिएको मितिदेखि ढोका तयार हुन ढोकाको डिजाइन र साइजको आधारमा औसत दुई महिना लाग्दछ । डिजाइनकै आधारमा यस्तो ढोकाको मूल्य प्रतिवर्गफिट ६ हजारदेखि ८ हजारसम्म पर्दछ । यसको आधारमा औसत ढोकाको मूल्य १ लाखदेखि माथि पर्न जान्छ । कालिगढले मिहिनेत गरी बनाउने कलात्मक ढोकामा चन्द्र सूर्य, लक्ष्मी, गणेश, भगवान् विष्णु, सरस्वती, आदिको चित्र कुँदिएको पाइन्छ भने बौद्धमार्गी घरधनीका घरको ढोकामा भने कमल, चक्र, कलश आदिसहितको अष्टमंगलको चित्रलाई अत्यधिक रुचाइएको पाइन्छ । साथै, पञ्चबुद्ध, कुबेर, आदिको चित्र पनि यस्ता ढोकामा कुँदेको पाइन्छ । आध्यात्मिक विश्वास झल्काउने यस्ता चित्रका अलावा ढोकामा विभिन्न बुट्टाको पनि प्रयोग गर्न सकिन्छ ।

घरको डिजाइन निर्माणको अलमल : ७ नमुना डिजाइन हुन सक्छन् विकल्प

काठमाडौ । घर उभिन सिमेन्ट, डन्डी र इँटा मात्रै भएर पुग्दैन । त्यसभन्दा पहिला घरको डिजाइन गर्नु चुनौतीपूर्ण र महत्वपूर्ण दुवै हुन्छ । डिजाइनअनुसार नै योजना बनाइएको घरले आकार लिने भएकाले डिजाइन नै आकर्षक, परम्परागत शैली, वास्तुकला झल्कने र खासगरी भूकम्पप्रतिरोधी हुनु जरुरी छ । अर्कोतर्फ आफ्नो घरको बनावटलाई कसरी पृथक राख्ने भन्ने सोच्नुभएको छ तर कुनै योजना तथा डिजाइन फुर्न नसकेको हो भने तपाईंलाई हालै सरकारले सार्वजनिक गरेका ७ वटा नमुना डिजाइन काम लाग्न सक्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा बन्ने निजी आवास, सामुदायिक तथा सार्वजनिक भवन बनाउने गरी डिजाइन सार्वजनिक गरेको छ । नेपाली ढाँचाको परम्परागत भवनका विभिन्न ७ वटा नमुना डिजाइन सरकारले सार्वजनिक गरेको छ । त्यसअनुसार यी डिजाइनबाट १ तले घर तथा भवनदेखि साढे २ तले घर बनाउन सकिन्छ । यसअनुसार थारु शैली र नेवारी शैलीका संरचना निर्माण गर्ने नमुना डिजाइन बनाइएको छ । यी नमुना डिजाइन परम्परागत वास्तुकलाको संरक्षण, सम्वद्र्धन र प्रचार–प्रसारको उद्देश्य राखेर सार्वजनिक गरिएको छ । यसअनुसार भवन तथा घरको नक्सा पास गर्दा स्थानीय वास्तुकला झल्कने, प्राचीन सांस्कृतिक कला, संस्कृतिको प्रवद्र्धन हुने गरी नक्सा पास गर्ने प्रबन्ध मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । तपाईंले चाहेको डिजाइनअनुसार घरलाई आकार दिन सक्नुहुन्छ भने यस्ता शैलीका भूकम्पप्रतिरोधी आवासीय भवन निर्माण गर्न झन्डै दर्जन कुरामा ध्यान दिनुपर्छ । निर्माण स्थलको छनोट गर्दा भौगर्भिक चिरा परेका ठाउँ, पहिरो जान सक्ने क्षेत्र, २० प्रतिशतभन्दा बढी भिरालो, खोला छेउ र पानी जम्ने स्थानमा आवास निर्माण गर्नु हुँदैन । यसैगरी अन्य विषयमा पनि सचेत हुन भनिएको छ । हेरौं, कस्तो नमुना डिजाइनअनुसार के–के कुरा हुनुपर्छ   नमुना डिजाइन १ अनुसार सामान्य आकारको साढे २ तले घर बनाउँदा आर्किटेक्चरल विवरण जस्तै, घर तथा भवन बनाउँदा लम्बाइ बरन्डासहित २२ फिट र चौडाइ २० फिट ६ इन्च हुनुपर्छ । तलाको उचाइ भने ८ फिट ४ इन्च हुनुपर्छ भने जमिनसतहदेखि धुरीसम्म अर्थात् कुल उचाइ २२ फिट हुनुपर्छ । यो डिजाइनअनुसार कोठाको संख्या भने २ वटा हुन्छन् । नमुना डिजाइन २ अनुसार भने साढे २ तले भवन बनाउँदा जमिन सतहदेखि धुरी अर्थात् कुल उचाइ २७ फिट हुन्छ । यसमा पनि बरन्डासहित २६ फिट २ इन्च लम्बाइ र २२ फिट ३ इन्च चौडाइ हुनेछ । कोठाको संख्या भने भुइँ तला र माथि गरी ४ कोठा हुनेछन् । यसमा स्थानीय वातावरणीय, सामाजिक, सांस्कृतिक परिवेशलाई केही हदसम्म झल्काएको छ । नमुना डिजाइन ३ अनुसार भने नेवार शैलीको घर बनाउन अर्थात् डिजाइन गर्दा तथा घर तथा भवन बनाउँदा घरको मोहडा परम्परागत नेवारी शैलीको वास्तुकला झल्काउने खालको हुनेछ । इँटाको गारोमा सिमेन्टको जोडाइ हुने यसमा भवनको लम्बाइ २३ फिट ६ इन्च र चौडाइ २३ इन्च २ फिटको हुनेछ भने कोठाको संख्या भने भुइँ तलामा ३ र माथिल्लो तलामा पनि ३ वटै हुनेछन् । नमुना डिजाइन ४ अनुसार पनि तपार्इंले  इँटाको गारोमा सिमेन्टको जोडाइ गरेर साढे २ तलाको नेवारी शैलीको घरका लागि डिजाइन तयार गर्न सक्नुहुन्छ अर्थात् घर बनाउन सक्नुहुन्छ । यो पनि साढे २ तलाको भए पनि लम्बाइ भने २७ फिट ११ इन्च छ भने चौडाइ १२ फिट २ इन्चको हुन्छ । यसको तलाको उचाइ पनि ८ फिट ६ इन्चको हुनुपर्छ । यसमा पनि भुइँ तलामा २ र माथिल्लो तलामा २ गरी ४ कोठा बनाउन सकिन्छ । नमुना डिजाइन ५ अनुसार भने तपार्इंले थारु शैलीको घर बनाउन सक्नुहुन्छ । २१ फिट २ इन्चको लम्बाइ र २० फिट ९ इन्चको चौडाइ हुने यो डिजाइन १ तले घर तथा भवनका लागि हो । यसमा २ कोठा हुन्छन् भने थारु शैली देखाउन स्थानीय निर्माण सामग्री, माटोलगायत प्रयोग गर्न सकिन्छ । नमुना डिजाइन ६ अनुसार भने २ तले थारु शैलीको घर बनाउन सकिन्छ । यसमा २५ फिट ९ इन्च लम्बाइ, १८ फिट २ इन्च चौडाइ हुन्छ । घरको मोहडामा परम्परागत थारु शैली देखाउन माटो वा सिमेन्ट चिप्स ढलान राख्न सकिन्छ । नमुना डिजाइन ७ अनुसार पनि थारु शैलीकै दुई तले घर बनाउन सकिन्छ । यसमा लम्बाइ भने २५ फिट ९ इन्च हुन्छ भने चौडाइ १८ फिट २ इन्चको हुन्छ ।

विवाहको महिनामा ब्युटिसियनको भूमिका

प्रत्येक नारीलाई विवाहको बेला आफू सुन्दर, आकर्षक देखिने चाहना हुन्छ । श्रृंगार यस्तो कला हो जसले व्यक्तिको व्यक्तित्वमाथि निखार ल्याउँछ । नारी आफैंमा एउटा सुन्दर व्यक्तित्व हो । उसले आफूलाई अरूमाझ प्रस्तुत गर्ने प्रस्तुतिकीकरणले उसको सुन्दरतामा थप निखार ल्याउँछ । त्यो प्रस्तुतिलाई झल्काउने काममा ब्युटिसियनको महत्वपूर्ण भूमिका रहन्छ ।