कलात्मक मूल ढोकाले बढाउँछ घरको आकर्षण

काठमाडौं । नेपाललाई चिनाउने विभिन्न वस्तुमध्ये काष्ठकला पनि एक हो । विशेषगरी राजधानी सहर काठमाडौंसहित उपत्यकाका तीनै सहर काष्ठकलाका लागि प्रख्यात छन् । यहाँ प्राचीन समयदेखि प्रचलित काष्ठकलाको नमुना अहिले पनि सहरका चोक, गल्ली तथा पुरानो भागमा सदियौंदेखि उभिइरहेका अनगन्ती मठमन्दिर, पाटीपौवा तथा दरबारमा देख्न सकिन्छ । हेर्दै मनमोहक परम्परागत काष्ठकला मठ–मन्दिर तथा अन्य सम्पदाको जीर्णोद्धार हुँदा एवं विशेष किसिमको भवन वा नयाँ मन्दिर निर्माण गरिँदा अझै जस्ताको तस्तै अभ्यासमा छ । काठमा आकर्षक डिजाइनमा कुँदेर बनाइने झ्याल तथा ढोकाहरू भने निजी भवनमा पनि प्रयोग गर्न सक्छौं । यसो गर्दा दुर्लभ कलाको जगेर्ना हुन्छ र आफ्नो निवासको आकर्षणलाई पनि थप जीवन्त बनाउँछ । कंक्रिटका आधुनिक निर्माणले सहर ढाकिँदा पनि घरमा परम्परागत कलाको नमुना राख्ने अवसर काठका झ्याल र ढोकाले दिन्छ । सिमेन्ट पोतिएको भित्तामा परम्परागत झ्याल राख्दा त्यति व्यावहारिक र सुहाउँदो नहुने भएकाले अल्मुनियमको झ्याल राख्ने चलन बढ्दै गएको छ । तर, जब घरको ढोकाको कुरा आउँछ, अझै पनि काठबाट निर्मित ढोकालाई अन्य कृत्रिम सामग्रीले प्रतिस्थापन गरेको छैन । हामी काठबाटै बनेको ढोका प्रयोग गर्दछौं । ढोका बनाइने उच्च गुणस्तरको काठ सजिलै उपलब्ध नहुने र परम्परागत बुट्टा तथा देवदेवी वा अन्य चित्र हातैले कुँदेर बनाउने चलन भएकाले काठका कलात्मक ढोकाको लागत भने तुलनात्मक रूपमा महँगो देखिन्छ । यद्यपि, यस्ता ढोकामा उच्च गुणस्तरको काठ मात्र प्रयोग गरिने भएकाले सदियौं टिकाउ हुन्छ र तत्कालका लागि महँगो भए पनि लामो समयलाई ढुक्क हुन सकिन्छ । जानकारका अनुसार नेपाली परम्परागत ढोकाका लागि प्रयोग हुने काठ चुरे पहाड तथा आसपास पाइने अग्राख भनिने नेपाली सालको काठ हो । सालको आयुबारे प्रचलित लोक उक्तिअनुसार साल रुखको रुपमा १ हजार वर्ष र ढलेपछि पनि १ हजार वर्ष नै टिक्न सक्ने भनाइ छ । यस्तो बलियो काठलाई फर्निचरमा ढाल्नु पहिले परम्परागत तरिकाले सिजनिङ गर्ने अर्थात् सुकाउने कार्य गरिन्छ । ढोका तथा अन्य फर्निचर बनाउन काठ राम्रोसँग सिजनिङ हुनु अनिवार्य छ । उचित तरिकाले सिजनिङ गरिएको काठबाट ग्रहक चाहनाअनुसार विभिन्न डिजाइन र नापका ढोका बनाउने गरिन्छ । परम्परागत काष्ठकलाका लागि प्रख्यात भक्तपुरका विभिन्न स्थान तथा उपत्यकाको केही अन्य ठाउँमा पनि यस्ता परम्परागत ढोका बनाइने फर्निचरका सोरुम तथा पसल रहेका छन् । भक्तपुरको शिवशंकर फर्निचरका सञ्चालक जयकृष्ण शिल्पकारका अनुसार घरको मूलढोका काठमा विभिन्न डिजाइन कोरेर बनाउन आउने ग्राहक अझै उत्तिकै छन् । उनका अनुसार हाल यस प्रयोजनका लागि उपयोग हुने काठ तराईको हेटौंडा, चितवन र बुटवलबाट आउने गर्दछ । छिटोछरितो सिजनिङका लागि मेसिन प्रयोग पनि हुन थालेको छ । ग्राहकले अर्डर दिएको मितिदेखि ढोका तयार हुन ढोकाको डिजाइन र साइजको आधारमा औसत दुई महिना लाग्दछ । डिजाइनकै आधारमा यस्तो ढोकाको मूल्य प्रतिवर्गफिट ६ हजारदेखि ८ हजारसम्म पर्दछ । यसको आधारमा औसत ढोकाको मूल्य १ लाखदेखि माथि पर्न जान्छ । कालिगढले मिहिनेत गरी बनाउने कलात्मक ढोकामा चन्द्र सूर्य, लक्ष्मी, गणेश, भगवान् विष्णु, सरस्वती, आदिको चित्र कुँदिएको पाइन्छ भने बौद्धमार्गी घरधनीका घरको ढोकामा भने कमल, चक्र, कलश आदिसहितको अष्टमंगलको चित्रलाई अत्यधिक रुचाइएको पाइन्छ । साथै, पञ्चबुद्ध, कुबेर, आदिको चित्र पनि यस्ता ढोकामा कुँदेको पाइन्छ । आध्यात्मिक विश्वास झल्काउने यस्ता चित्रका अलावा ढोकामा विभिन्न बुट्टाको पनि प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित सामग्री

विद्युतीय सवारीप्रति आकर्षण

काठमाडौं । नेपालमा विद्युतीय सावारी साधनमा ग्राहकको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको ईभी नेपाल एक्स्पोमा सर्वसाधारणहरुको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सय भन्दा बढी अवलोकन कर्ताहरु आएको आयोजकले बताएका छन् । एक्स्पोका आयोजक नारायण क्षेत्रीले एक्स्पोमा आफुहरुले अपेक्षा गरेको भन्दा दोब्बर […]

साहसिक पेशाप्रति बढ्दो आकर्षण

साहसिक पेशाका रूपमा चिनिदै आएको हिमाल पथप्रदर्शक (माउन्टेन गाइड) कोर्षप्रति विद्यार्थीहरूको आकर्षण बढ्न थालेको छ।...

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक कुशलकृष्ण शर्माले जानकारी दिए । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।ग्यास्टिकको समस्याले आजित भएका कावासोती–७ का रवीन्द्

समानुपातिकमा किन देखिएन आकर्षण

काठमाडौं, १३ भाद्र । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फ पर्न प्रतिष्पर्धा चलिरहेको छ । तर, विगतमा जस्तो समानुपातिकमा पर्ने प्रतिष्पर्धामा कमैको मात्र आकर्षण रहेको छ । बन्दसूचीमा परेपनि निर्वाचित हुने सम्भावना कम हुने भएकाले धेरैका लागि समानुपातिकमा आकर्षण कम रहेको हो । समानुपातिकतर्फ ११० सिट रहेकोमा […]

मोटरहेडका मोटरसाइकलप्रति ग्राहकको आकर्षण

नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० र अपग्रेडेड एमएच १५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ ।मोटरहेडका अन्य धेरै मोडल नेपाली बजारमा उपलब्ध भए पनि पछिल्लो समयमा भित्रिएका यी दुई मोडलले फेस्टिभ सिजनमा विशेष आकर्षण गरेको र धेरै बिक्री भइरहेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ ।केही समयका […]

लमजुङमा नाटककाे आकर्षण बढ्दै

लमजुङ – लमजुङ आफैमा कला, साहित्य, गीत–संगीतको उर्वर भूमि हो । त्यही थलोमा पछिल्लो समय साहित्यको एक सशक्त विधा नाट्य क्षेत्र पनि मौलाउँदै गएको छ । नाट्य क्षेत्रमा नवपुस्ताको आकर्षण बढ्दो छ । पछिल्लो समय लमजुङमा नाट्य क्षेत्रमा आकर्षण बढ्दै गएको छ । जिल्लामा नाट्य क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूहले विभिन्न मेला, पर्व, उत्सवमा नाटक प्रदर्शन गर्दै आएको छ । संस्थाले जिल्लाका विभिन्न विद्यालयसम्म पुगी नाटकको महत्व बुझाउनुका साथै विभिन्न समयमा प्रदर्शन हुने नाटकमा नवप्रतिभालाई स्थान दिएसँगै यसप्रति आकर्षण बढ्दै गएको ...

ड्रागन खेतीमा किसानको आकर्षण

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै धनकुटाका सुख्खा क्षेत्रका किसानहरुले ड्रागन खेतीको विस्तार गर्न थालेका छन् । स्थानीय तहहरुले समेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानको आकर्षण बढेको हो […]

कांग्रेसमा युवा आकर्षण

अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ।...

सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण

सरकारले आत्मनिर्भर बनाउन लागि ल्याइएको सहुलियतपूर्ण कर्जा लिनेको आकर्षण बढेको पाइएको छ।

सोमबार जलविद्युत र फाइनान्समा बढ्यो आकर्षण

सोमबार सेयर बजारमा जलविद्युत र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण बढेको छ।