बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिनुभएको छ । उहाँहरुले प्रधानमन्त्री बोरिस जोनसनको कार्यशैलीप्रति चर्को आलोचना समेत गर्नुभएको छ ।
सुनाक र जाविदसँगै अरु ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् । तर प्रधानमन्त्री जोनसनले पद नछाड्ने अडान राख्नुभएको छ । उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्व...