गाजा क्षेत्रमा झडप: १ बालकसहित ४१ प्यालेस्टाइनी घाइते [तस्वीर]

इजरायली सुरक्षाबलको गोली लागेर १३ वर्षीय बालकसहित ४१ प्यालेस्टाइनी घाइते भएका छन्। प्यालेस्टाइनतर्फबाट हानिएको गोलीबाट एक इजरायली प्रहरी गम्भीर घाइते भएका छन्।गाजा क्षेत्रमा इजरायली नाकाबन्दीको विरोधमा शनिबार आयोजित प्रदर्शनमा सयौं प्यालेस्टाइनीहरू सहभागी भएपछि हिंसा भड्किएको हो। दर्जनौं मानिसहरूले इजरायली सैनिकहरूमाथि ढुंगा र विस्फोटक सामग्री फ्याँकेपछि विरोध प्रदर्शन हिंसात्मक बनेको हो।इजरायली सेनाले सयौं प्रदर्शनकारीहरूले उत्तरी गाजामा सीमा नाघ्न खोजेको जनाएको छ। सेनाले आन्दोलनकारीमाथि अश्रूग

सम्बन्धित सामग्री

प्यालेस्टाइनी लडाकु समूहको आक्रमणबाट आक्रान्त इजरायलमा १५ नेपाली बन्धक

दोहा- प्यालेस्टाइनी लडाकु समूहको आक्रमणबाट आक्रान्त इजरायलमा बसोबास गरिरहेका १५ नेपाली बन्धक भएका छन् । इजरायलले कब्जा गरेको सहरमा बसोबास गरेको भन्दै प्यालेस्टाइनी लडाकु समूहले १५ जना नेपालीलाई बनाएका हुन् । प्यालेस्टाइन लडाकुको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएको भन्ने समाचार बाहिर आएपनि आधिकारिक रुपमा पुष्टी गर्न इजरायली विदेश मन्त्रालयसँग विवरण लिने कार्य […]

प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा केही नेपाली पनि घाइते

काठमाडौँ। प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा नेपाली पनि घाइते भएका छन् । घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ । घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् । शनिबार बिहानदेखि हमासले रकेट आक्रमण […]

वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते

एजेन्सी । वेस्ट बैंकको नाब्लस शहरमा इजरायली सेनासँगको झडपमा शुक्रबार कम्तीमा ३७ प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले विज्ञप्ति जारी गर्दै घाइतेमध्ये तीन जनालाई घातक गोली र नौ जनालाई रबरको गोली प्रहार गरिएको बताएको छ ।प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले बताएअनुसार नाब्लस शहरको दक्षिण र पूर्व, बेइटा र बेइट दाजान […]

इजरायली सेनासँगको झडपमा परी प्यालेस्टाइनी किशोरको मृत्यु

काठमाडौं- इजरायल अधिनस्थ वेस्ट ब्याङ्कको जेनिन शहर नजिक शनिबार भएको झडपमा एकजना प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ ।  इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनी समाचार संस्था वाफाले मारिएका किशोरको नाम अमजद अल–फयद भएको बताएको छ […]

दक्षिणी लेबनानको प्यालेस्टाइनी शिविरको हतियार भण्डारणमा विस्फोट

काठमाडौं । दक्षिणी लेबनानको बन्दरगाह सहरमा रहेको प्यालेस्टाइनी शिविरमा भएको विस्फोटमा कैयौको मृत्यु भएको आशंका गरिएको छ । शिविरभित्र राति भएको विस्फोटमा कम्तिमा १२ जना घाइते भएको बताइएको छ । तर मृतक र घाइतेहरुको संख्या यकिन हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बुर्ज अल शेमाली शिविरमा रहेको समासको हतियार भण्डारण क्षेत्रमा विस्फोट भएको […]

जेरुसेलममा इजरायली सेनासँगको झडपमा ५७ प्यालेस्टाइनी घाइते

जेरुसेलमको अल–इसाविया नजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनीहरू घाइते भएका छन्। कुड्सनेट समाचार एजेन्सीले जनाएअनुसार इजरायली सैनिकहरूले गरेको अश्रु ग्यास प्रहारबाट उनीहरुमध्ये अधिकांश घाइते भएका छन्। त्यसको विरोधमा प्यालेस्टाइनीहरूले...

इजरायली सेनाको गोलीबाट एक प्यालेस्टाइनी बालकको मृत्यु

इजरायली सेनाको गोलीबाट घाइते भएका एक प्यालेस्टाइनी बालकको मृत्यु भएको छ। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा भएको आक्रमणका क्रममा गोली लागेर १२ वर्षीया मोहम्मद अल अलामीको मृत्यु भएको जनाएको हो। आफ्नो बुवासँग कारमा यात्रा गरिरहेको बेलामा अलामीको छातीमा गोली लागेको अलजजिराले उल्लेख गरेको छ। अलामीले सामान किन्नका लागि गाडी रोक्न…

इजरायली हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिक मारिए

इजरालयले गरेको हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। विवादित गाजा क्षेत्रमा भएको आक्रमणमा बालबालिकाको समेत मृत्यु भएको र कयौं नागरिक घाइते भएका छन्। मृत्यु हुनेमा हमास समूहका सदस्य समेत रहेको बताइएको छ। जेरुसलममा रहेको अल अस्का मस्जिदमा इजरायली सुरक्षाकर्मीहरुले प्यालेस्टाइनीमाथि दमन गरेपछि हमाल समूहले इजरालयमा…

इजरायल र प्यालेस्टाइनबीच हिंसा पुन: भड्कियो, १६९ जना घाइते

इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ।पछिल्लो झडपमा कम्तिमा १६९ जना घाइते भएका छन्। घाइतेमध्ये १६३ जना प्यालेस्टाइनी र ६ जना इजरायली प्रहरी रहेको बीबीसीमा खबर छ। प्यालेस्टाइनी मेडिकल सेवा र इजरायल प्रहरीले पछिल्लो हिंसाबारे जानकारी दिएका छन्।हिंसामा घाइते भएकाहरूको उपचार गर्न क्रिसेन्टले एक अस्थायी अस्पताल नै सञ्चालनमा ल्याएको छ। पूरानो जेरुसेलम शहरमा रहेको अल अक्सा मस्जिद क्षेत्रमा हिंसा भड्किएको हो। सो क्षेत्रमा यहुदीहरूले पवित्र मान्ने माउन्ट मन्द

जेरुसलमस्थित मस्जिद भित्र इजरालयी प्रहरी र प्यालेस्टाइनी नागरिकबिच झडप

जेरुसलममा रहेको अल अस्का मस्जिदमा इजरायली प्रहरीको कारवाहीमा १७० भन्दा बढी प्यालेस्टाइनी नागरिक घाइते भएका छन्। प्यालेस्टाइन र इजरायलबिच भूमिको विषयमा पहिला देखिँनै विवाद हुँदै आइरहेको छ। अहिले जेरुसलममा फेरि दुई देशबिचको विवाद सार्वजनिक भएको हो। इजरायली प्रहरीले मस्जिदमा प्रार्थना गरिरहेका प्यालेस्टाइनीहरुलाई निकाल्ने प्रयास गर्दा मुठभेड समेत भएको थियो। रमदानको…