प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रका नाममा सम्बोधन (LIVE) - Naya Patrika

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । मन्त्रिपरिषद्काे अन्तिम बैठक सकिएलगत्तै प्रधानमन्त्रीनिवास बालुवाटारबाट उनले राष्ट्रका नाममा सम्बाेधन गरेका हुन् । सम्बाेधनपछि उनले अाजै राजीनामा दिँदैछन् । प्रधानमन्त्री शेरबहादुर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

व्यर्थको सम्बोधन

राष्ट्रको कार्यकारी प्रमुखले विशेष अवस्थामा विशेष सन्देश प्रवाह गर्न राष्ट्रको नाममा सम्बोधन गर्ने गरिए पनि नेपालमा विनाअर्थ र विनाप्रयोजन राष्ट्रको नाममा सम्बोधन गर्ने पारिपाटी विकास भएको देखिन्छ । शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ६ महीना पूरा गरेको भनी दिएको सम्बोधनको औचित्य कुनै आधारमा पुष्टि हुँदैन तर पनि प्रधानमन्त्रीले सम्बोधन किन गर्नु परेको होला ? यो प्रश्नको उत्तर अहिले धेरैले खोजिरहेका छन् । यो भाषणलाई सरकारी रेकर्डबाट हटाइदिए हुन्छ । जनताले त आफ्नो रेकर्डबाट हटाइ नै दिन्छन् । आगामी दिनमा वर्तमान सरकारले र आउने सरकारले पनि यस्तो व्यर्थको सम्बोधनको लोभ नगरून् । सर्वप्रथमतः संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदप्रति पूर्ण उत्तरदायी हुन्छ । कुनै पनि महत्त्वपूर्ण जानकारी प्रधानमन्त्रीले संसद्लाई नै जानकारी गराउनुपर्छ । आफूलाई संसदीय लोकतन्त्रको सबैभन्दा ठूलो पहरेदार ठान्ने नेपाली कांग्रेसका सभापति नै वर्तमान गठबन्धन सरकारको प्रधानमन्त्री भएको अवस्थामा संसदीय लोकतन्त्रको मर्मविपरीत किन रेडियो टिभीबाट जनतालाई प्रत्यक्ष जानकारी दिइयो ? मुलुकमा कुन ठूलो संकट आयो र त्यसलाई महत्त्वका साथ प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्‍यो ? यसको जवाफ सरकारसँग छ ? प्रधानमन्त्रीको सम्बोधनले संसद् चल्न नसकेको तथा एमसीसीको चर्को विवादबारेको आशंकालाई केही सम्बोधन गर्‍यो ? कोरोनाका कारण आत्तिएका सर्वसाधारण तथा व्यवसायीका लागि आशाको सञ्चार गर्ने कुनै ठोस कार्यक्रम आयो ? स्थानीय तहको निर्वाचनका बारेमा सत्तारूढ गठबन्धनभित्र परस्परविरोधी वक्तव्य आइरहेका छन्, त्यसलाई यसले हटाउने काम गर्‍यो ? कोरोनाविरुद्धको अभियानमा सरकारले कुनै विशेष कार्यक्रम ल्यायो ? कुनै पनि नयाँ कुरा देखिँदैन । खालि काइते भाषाशैलीका शब्द र तोडमरोड गरिएका तथ्यांक प्रस्तुत गर्नलाई किन राष्ट्रका नाममा सम्बोधन गर्नुपर्‍यो ? अर्थ न बर्थका कुरा गरेर समयको बर्बादी गर्ने सरकारले यी कुराको जवाफ दिनुपर्छ । हालसम्म सबैजसो प्रधानमन्त्रीले यस्तो सम्बोधन गरे पनि त्यसको औचित्य सिद्ध हुन सकेको छैन । तीमध्ये अहिलेको सरकारको सम्बोधन सबैभन्दा निम्छरो देखिएको छ । हो, मुलुकमा ठूलाठूला समस्या छन्, आशंका छन् । तिनलाई सम्बोधन गरेको भए यो सम्बोधनको औचित्य हुन्थ्यो तर विडम्बना त्यस्तो हुन सकेन । मुलुक अहिले अमेरिकी सहयोग एमसीसीलाई लिएर दुई धारमा विभक्त भएको छ । एकथरी यसको चरम विरोध गरिरहेका छन् भने अर्काथरीले जलविद्युत्को विकासका लागि यो अत्यावश्यक भनिरहेका छन् । यसमा राष्ट्रियताको कुरा जोडेर मुलुक लगभग भिडन्तको अवस्थामा छ । प्रधानमन्त्री शेरबहादुर देउवा उसलाई पारित गराउने पक्षमा हुनुहुन्छ तर सम्बोधनमा यसबारे एक शब्द पनि परेन, किन ? जनताको अपेक्षा थियो, कालापानी र लिपुलेकबारे केही अडान आउँछ । एमसीसीको निकास खोल्न केही नयाँ प्रस्ताव आउँछ । संसद् अवरोध खोल्न केही कुरा गरिन्छ । तीनै तहको आगामी निर्वाचनबारे सरकारको धारणा केही आउला । कोरोनाको उपचार र रोकथामका लागि सरकारले विशेष केही घोषणा गर्ला । अर्थतन्त्र संकटको नजिक पुग्दै छ, त्यसलाई जोगाउन केही ठूला र प्रभावकारी कार्यक्रम आउलान् । तर, यी सबै कुरामा प्रधानमन्त्रीले कोही पनि स्पष्टसँग बताउनुभएन । अर्थात् कुनै पनि विशेष कार्यक्रम र तयारी रहेनछ । केही पनि विशेष नभएपछि विशेष सम्बोधनचाहिँ किन गर्नु परेको हो ? सरकारले ६ महीनाको अवधिमा प्राप्त गरेको उपलब्धि भनेर जुनजुन काम उल्लेख गरिएका छन् ती सबै नियमित प्रक्रियाबाट भएका हुन् । त्यसको जस यो सरकारले लिन पाउँदैन, त्यसमा यो सरकारको केही पनि योगदान छैन । काम नभएका आयोजनाहरूमा काम कसरी अगाडि बढ्छ भन्ने आधार पनि दिन नसकेको सरकारले भएका कामको जस लिनु प्रचारबाजी मात्रै हो । सरकार तदर्थवादमा चलेको छ । यसको एउटा प्रमाण कोरोना रोकथामका लागि पहिले असफल भएका जोरबिजोर जस्ता बाहियात विधि प्रयोग गर्नु हो । यसैबाट मूल्यांकन हुन्छ सरकार यसमा निकम्मा छ । त्यसैले यो भाषणलाई सरकारी रेकर्डबाट हटाइदिए हुन्छ । जनताले त आफ्नो रेकर्डबाट हटाइ नै दिन्छन् । आगामी दिनमा वर्तमान सरकारले र आउने सरकारले पनि यस्तो व्यर्थको सम्बोधनको लोभ नगरून् ।

निर्वाचनको पूर्व तयारीमा लागौँ : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको पूर्व तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफू नेतृत्वको सरकरको दायित्व निर्वाचन गर्नुभएको स्मरण गराउँदै यस्तो आग्रह गरेका हुन्। उनले निर्वाचनका लागि तयारीमा लाग्न निर्वाचन आयोगको ध्यानकर्षण गराए। तर, उनले कुन तहको निर्वाचन भन्नेबारेमा भने केही बताएनन्। सत्ता…

देउवा भोलि बालुवाटारबाट सर्ने

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटारबाट निजी निवासमा सर्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार भोलि बिहान देउवा निजी निवास बुढानिलकण्ठ सर्नेछन्। गत जेठ २३ गते प्रधानमन्त्री निर्वाचित भएका देउवा झन्डै दुई हप्तापछि बालुवाटार सरेका थिए। बालुवाटारमा रङ रोगन र सरफाईपछि उनी असार ५ गते चौथो पटक बालुवाटार सरेका थिए। उनले आज राष्ट्रका नाममा…