मुख्यमन्त्रीको गाउँमा विद्यालय भत्काएर मन्दिर निर्माण

विद्यालयमा कक्षाकोठा र शिक्षकको अभाव छ । तर, विद्यालय भवनको साटो छेउमै एउटा मन्दिर निमार्णाधीन छ । अझ रोचक के भने निर्माणाधीन दुर्गा मन्दिर मन्दिर विद्यालयकै भवन भत्काएर त्यही ठाउँमा बनाइएको हो ।

सम्बन्धित सामग्री

अत्याधुनिक बाल मन्दिर निर्माण हुँदै

नेपालगञ्जको रामलीला मैदाननजिक रहेको बाल मन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । नेपाल बाल सङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यका अनुसार ६ करोडको लागतमा तयार हुनेगरी छात्रावाससहितको विद्यालय निर्माण कार्य सुरु भएको हो ।

गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर - NepaliPatra

कास्की । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब रु ९० लाख लागतमा मन्दिर निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्यागोडा शैलीमा निर्मित मन्दिर ४६ […]

गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर

गण्डकी, १७ जेठ । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब रु ९० लाख लागतमा मन्दिर निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्यागोडा शैलीमा निर्मित […]

सामाजिक विकाससँग जोडिएका भवन बन्दै

बागलुङ । बागलुङमा चालू आर्थिक वर्षमा ८० वटा सामुदायिक भवन निर्माण हुने भएका छन् । चालू आवमा सम्पन्न गर्नेगरी सामाजिक संघसंस्था, मठमन्दिर तथा विद्यालय भवन निर्माण थालिएको हो । जिल्लाका १०ओटै पालिकामा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकास कार्यालयको समन्वयमा ती भवन निर्माण थालिएको कार्यालय प्रमुख डम्मरबहादुर जिसीले जानकारी दिए । उनका अनुसार ती भवन रू. ६ करोड ७० लाखको लागतमा बन्न लागेका हुन् । हालसम्म योजना गरिएकामध्ये ६० भवनको योजना सम्झौता भइसकेको जिसीले बताए । फागुन मसान्तसम्म बाँकी योजना सम्झौताका लागि समय उपलब्ध गराइएको उनको भनाइ छ । सानो बजेटबाट समुदायको बाक्लो उपस्थिति हुने ठाउँमा योजना छनोट गरिएको उनले बताए । जिसीले भने, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष मठमन्दिर बनाउने योजना धेरै छन् । साथै अन्य सामुदायिक भवन र विद्यालय भवनका योजना पनि छन् ।’ प्रदेशमा समाजिक विकास मन्त्रालयमार्फत आएका योजना पालिकाले कार्यान्वयन गर्ने बताउँदै नागरिकको माग र जनप्रतिनिधिले छनोट गरेअनुसार बजेट विनियोजन हुने गरेको उनले बताए । बागलुङ नगरपालिकामा सबैभन्दा धेरै २१ भवन बनाइँदै छ । रू. दुई करोड १० लाख लागतमा मानवअधिकार, एकल महिला समूह, आमासमूह, सामुदायिक प्रहरीको भवन बन्दैछन् । साथै मन्दिर मर्मत र पुनर्निर्माणका योजना पनि छन् । त्यस्तै बरेङ र तमानखोला गाउँपालिकामा सबैभन्दा कम तीन/तीन भवनको बन्दैछन् । यसका लागि रू. २० लाखका दरले रकम विनियोजन गरिएको छ । तमानखोलामा दुई सामुदायिक भवन र एक मन्दिर निर्माण हुँदैछ भने बरेङमा मन्दिर तथा विद्यालयको पर्खाल निर्माण गरिनेछ । जिल्लाको जैमिनीमा ६ योजनाका लागि रू. ४५ लाख, ढोरपाटनमा ८ योजनाका लागि रू. ४५ लाख, गलकोटमा ८ योजनाका लागि रू. ६० लाख, काठेखोलामा १२ योजनाका लागि रू. एक करोड ५२ लाख, ताराखोलामा ७ योजनाका लागि रू. ५५ लाख, बडीगाडमा ८ योजनाका लागि रू. ५५ लाख र निसीखोलामा ४ योजनाका लागि रू. २५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख जिसीले जानकारी दिए । रासस