अत्याधुनिक बाल मन्दिर निर्माण हुँदै

नेपालगञ्जको रामलीला मैदाननजिक रहेको बाल मन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । नेपाल बाल सङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यका अनुसार ६ करोडको लागतमा तयार हुनेगरी छात्रावाससहितको विद्यालय निर्माण कार्य सुरु भएको हो ।