निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ। नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी यी दुई संस्थाबीच सम्झौता भएको हो।

सम्बन्धित सामग्री

निर्धन उत्थान लघुवित्तले फागुन ११ गते बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि टुङ्ग्याउनेछ । सञ्चालक समितिका सदस्यहरूको मनोनयन तथा नियुक्तीको विषय अनुमोदन समेत सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश भने वितरण नगर्ने भएको छ । गत वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लाभांश वितरण नगर्ने भएको हो । विगतका वर्षहरूमा कम्पनीले निरन्तर लाभांश वितरण गरेको थियो ।

निर्धन उत्थान लघुवित्तले पनि लाभांश वितरण नगर्ने

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस २६ गते बसेको सचालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।  अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट भने कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साथै कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने र चैत मसान्तभित्र सम्पन्न गर्ने गरी तीन महीनाका लागि समय अवधि थप गर्न अनुरोध गरेको छ ।

उद्देश्य अनुरूप काम गर्दैनन् लघुवित्त

जिल्लाका ग्रामीण भेगका समुदायलाई आयआर्जन कार्यक्रममा लगानी गरी कृषकलाई स्वरोजगार गर्ने उद्देश्यले विस्तार भएका लघुवित्त वित्तीय संस्थाले उद्देश्य अनुरूप कार्यक्रम सञ्चालन नगर्दा यहाँका विपन्न परिवारका सदस्य यस्ता संस्थाको सेवाबाट वञ्चित भएका छन् । जिल्लामा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयले जिल्लाको छायानाथ रारा नगरपालिकाका विभिन्न ग्रामीण बस्तीमा काम गर्दै आएका छन् ।

निर्धन उत्थान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित भगवतीबहालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको माघ २९ गतेसम्म कायम शेयरधनीहरू मात्रै लाभांश पाउन योग्य छन् ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ। नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी यी दुई संस्थाबीच सम्झौता भएको हो।

निर्धन उत्थान लघुवित्त एनपीएसमा आबद्ध

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था भुक्तानीसम्बन्धी कारोबारका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को भुक्तानी प्रणाली नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ । सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार निर्धन उत्थान लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी एनपीएस अन्तर्गतका भुक्तानी उपकरण संस्थाले प्रयोग गर्नेछ । सो प्रणालीमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायत कारोबार गर्न सकिनेछ ।

निर्धन उत्थान लघुवित्तद्वारा ३१.०५ % लाभांश घोषणा

मंसिर १०, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ। बिहीवार बसेको सञ्चालक समितिको बैठकले २९ दशमलव ५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि १ दशमलव ५५ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपश्चात  शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था [आधारभूत तथा प्राविधिक विश्लेषण]

साउन २५, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा खुद नाफा ३ दशमलव २३ गुणा अर्थात् २२३ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवमा रू. २८ करोड ४३ लाख ४५ हजार खुद नाफा गरेकोमा गत आवमा वृद्धि भएर रू. ९१ करोड ९१ लाख ७३ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र कम्पनीले रू. ४ अर्ब २६ करोड २३ लाख २३ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४३ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू.१ अर्ब ६९ करोड ५० लाख रहेको कम्पनीले जगेडामा रू. २ अर्ब ८० करोड १० लाख ४६ हजार सञ्चित गरेको हो । गत आव सम्ममा कम्पनीले रू. ६ अर्ब ३२ करोड ९५ लाख सापटि लिएर रू. १५ अर्ब ८१ करोड ९२ लाख निक्षेप संकलन गरेर रू. २४ अर्ब ७ करोड ७५ लाख ६३ हजार कर्जा लगानी गरेको हो ।  त्यसैगरी, सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५४ दशमलव २२, मूल्य आम्दानी अनुपात २९ दशमलव ५१ गुणा, तरलता अनुपात १२ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६५ दशमलव २५ पुगेको हो । हालसम्ममा कम्पनीले ७७ ओटै जिल्लामा १८१ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।  प्राविधिक विश्लेषण : मैनबत्ती चित्र :                १० मे २०२१                                                                                   ८ अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन :           १० मे २०२१                                                                                                     ८ अगष्ट २०२१ आरएसआई :                   १० मे २०२१                                                                                         ८ अगष्ट २०२१ मुभिङ एभरेज :                             १० मे २०२१                                                                              ८ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको लामो कालो शरीरको मैनबत्ति बनेको छ । पछिल्लो तीन दिनको मैनबत्ति हेर्दा ‘थ्री ब्ल्याक क्रोस्’ बनेको छ ।  यसले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ३८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४५ दशमलव ७३ विन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ ।  त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । अघिल्लो कारोबार दिन आइतवारको शेयरमूल्य रू. १ हजार ७२६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ६४१ मा टेवा पाउने र महंगिएमा १ हजार ७८० मा प्रतिरोध पाउने देखिन्छ ।

निर्धन उत्थान लघुवित्तले १ लाख संस्थापक शेयर लिलामीमा विक्री गर्ने

काठमाडौं, ४ जेठ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । संस्थाले जेठ १३ गतेदेखि १ लाख ५ हजार ५९२ कित्ता शेयर लिलाम विक्रि गर्ने भएको हो । संस्थाको शेयरमा जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बोलपत्र पेश गर्न सकिने जनाएको छ । न्युनतम मूल्य शेयरमुल्य ५५० रुपैयाँ […]

निर्धन उत्थान लघुवित्तद्वारा कोरोना उपचार कोषमा १ करोड ३१ लाख ५८ हजार जम्मा

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संघीय सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ३ लाख ५८ हजार ४ सय ४९ रूपैयाँ जम्मा गरेको छ। कोभिड–१९ को संक्रमण बढिरहेको आपतकालीन अवस्थामा कोभिड १९ संक्रमित नागरिकको जिउधनको सुरक्षा गर्न सहयोग पुर्‍याउनको लागि उक्त आर्थिक सहयोग