चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति

काठमाडौँ – विपद्का घटनामा परी पछिल्लो चार महिनामा १५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन्। सो समयमा १ हजार ४२१ वटा विपद्का घटना रेकर्ड भएका थिए। ती घटनामा परी १५७ जनाको मृत्यु, ३ जना […]

सम्बन्धित सामग्री

विपद्का घटनाबाट करिव नौ महिनामा दुई अर्बभन्दा बढीको आर्थिक क्षति

काठमाडौं। विपद्का घटनाले करिव नौ महिनामा २अर्ब १करोड ५९लाख ६०हजार ९१५रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९वैशाख १ गतेदेखि पुस २४ गतेसम्ममा विपद्का घटनाले उक्त क्षत्ति गरेको हो। विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ। आगलागीका घटनाबाट १अर्ब ८२करोड ७३लाख ९५हजार ६४० रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

पाँच महिनामा विपद्का घटनामा २०३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो पाँच महिनामा विपद्का घटनामा परी देशभर २०३ जनाको मृत्यु भएको छ । सोही अवधिमा विपद्का घटनाले ९६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उक्त जनधनको क्षति भएको हो । सो अवधिमा रेकर्डमा आएका १ हजार […]

विपदले दुई महिनामा ६५ जनाको मृत्यु, ५१ करोडभन्दा बढीको आर्थिक क्षति

पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि  जेठ ३१ गते विहान १० बजेसम्मको अवधिमा उनीहरुले ज्यान गुमाएका हुन् । पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश र जनावरको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो ।  पछिल्लो दुई महिनामा देशभर ७०२ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । ती घटनामा एक जना वेपत्ता भएका छन् भने १६७ जना घाइते भएका छन् । दुई महिनामा विपद्का

विपदका घटनाबाट साढे दुई महिनामा करिब ४९ करोडको क्षति

काठमाडौं।पछिल्लो साढे दुई महिनामा विपद्का घटनाबाट ४८ करोड ८७ लाख ४५ हजार ६९० को आर्थिक क्षति भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थपन प्राधिकरणका अनुसार आगलागीका घटनाबाट ४० करोड ६४ लाख ९८ लाख ८६० को,बाढीले हालसम्म ५ करोड २४ लाख ७७ हजार ५ सय,चट्याङले १ करोड ५६ लाख ३४ हजार ८३० रुपैयाँ र बाँकी अन्य घटनाले क्षति गरेको छ।

डेढ महिनामा विपद्का घटनाबाट ४२ जनाको मृत्यु, करिब ४१ करोड क्षति

काठमाडौं। पछिल्लो डेढ महिनामा (वैशाख १ गतेदेखि आजसम्म) विपद्का घटनाबाट देशभर ४२ जनाले ज्यान गुमाएका छन्। सो अवधिमा भएका ५८८ विपद्का घटनाले ४० करोड ७८ लाख ८ हजार १९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।विपद्का घटनामा परी १५० जना घाइते भएका छन्। ती घटनामा ३२६ चौपायको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

वैशाखमा आएको बाढीबाट करिब ३ करोडको क्षति

काठमाडौं। गत वैशाख महिनामा आएको बाढीबाट दुई करोड ९२ लाख ९४ हजार पाँचसय रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। वैशाखमा भएका तीनवटा बाढीका घटनाले उक्त क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरणले जनाएको छ। प्राधिकरणका अनुसार वैशाख महिनामा सबै प्रकारका प्रकोपका घटनाले ३३ करोड ७८ लाख ६५ हजार १९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ।

एक महिनामा आगलागीबाट ७ जनाको मृत्यु, करिब २९ करोड क्षति

काठमाढौं। गत वैशाख महिनामा आगलागीका घटनामा परी ७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार वैशाखमा २९० वटा आगालागीका घटना भएका थिए। ती घटनाले २८ करोड ८५ लाख ८९ हजार ८६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ। आगलागीमा परी वैशाखमा १८२ चौपायाको मृत्यु भएको थियो।