वैशाखमा आएको बाढीबाट करिब ३ करोडको क्षति

काठमाडौं। गत वैशाख महिनामा आएको बाढीबाट दुई करोड ९२ लाख ९४ हजार पाँचसय रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। वैशाखमा भएका तीनवटा बाढीका घटनाले उक्त क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरणले जनाएको छ। प्राधिकरणका अनुसार वैशाख महिनामा सबै प्रकारका प्रकोपका घटनाले ३३ करोड ७८ लाख ६५ हजार १९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ।