विपदले दुई महिनामा ६५ जनाको मृत्यु, ५१ करोडभन्दा बढीको आर्थिक क्षति

पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि  जेठ ३१ गते विहान १० बजेसम्मको अवधिमा उनीहरुले ज्यान गुमाएका हुन् । पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश र जनावरको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो ।  पछिल्लो दुई महिनामा देशभर ७०२ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । ती घटनामा एक जना वेपत्ता भएका छन् भने १६७ जना घाइते भएका छन् । दुई महिनामा विपद्का