बाइडन (अमेरिकी राष्ट्रपति जो बाइडन)सँग विशेष रूपमा भेट भयो । म टोपी लगाएर गएको थिएँ, देखेपछि चिनिहाले । पहिला नेपाल आएका रहेछन् । नेपाल खुब मनपर्छ भने । जोनसन (बेलायती प्रधानमन्त्री बोरिस जोन्सन)ले नेपालको बारेमा सबै कुरा थाहा पाएका रहेछन् । पूरा सहयोग गर्ने कुरा गरेका छन् ।
बेलायतबाट स्वदेश फर्किने क्रममा बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग भएको भेटवार्ताबारे जानकारी गराउँदै भने ।
देउवाले गरेको दाबीलाई नै हेर्दा पनि टोपी लगाएको हुनाले म...