जुम्लाका स्याउ किसान विरुवा काँटछाँटमा व्यस्त

जुम्ला । यतिबेला जुम्लाका किसान स्याउका विरुवा काँटछाँट र बगैंचा व्यवस्थापनमा जुटेका छन् । स्याउका विरुवाको लागि पालुवा पलाउनु अघि यो कार्य निकै महत्वपुर्ण मानिन्छ । यसरी समयमै विरुवा काँटछाँट गर्दा स्याउ गुणस्तरीय र बढी स्वादिलो हुने गर्छ । ‘आजभोली अनावश्यक मानिएका र रोगकिरा लागेका हाँगा तथा भाग काटेर फाल्ने काम भइरहेको छ, स्याउ किसानको […] The post जुम्लाका स्याउ किसान विरुवा काँटछाँटमा व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जुम्लामा स्याउ पाकेपछि बगैंचामै पुगे व्यापारी, किसानलाई किलोको ५० रुपैयाँ

जुम्ला । जिल्लाका किसान यतिबेला बगैंचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरीद गर्न किसानको बगैंचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिइन् । ‘पाकेको स्याउ किन्न किसानको बगैंचामा पुगेर खरीद गरेका छौं,’ स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भने, ‘स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ ।’ उनका अनुसार अहिले किसानको बगैंचाबाट प्रतिकेजी रू ५० मा स्याउ खरीद गर्ने गरिएको छ । करीब ७० क्विन्टल स्याउ खरीद गरी सुर्खेत विक्री गर्न लगिएको तिरुवाको भनाइ थियो । ‘स्थानीय र गोल्डेन जातका स्याउ लगाएको छु । घरमै प्रतिकेजी रू. ५० मा विक्री शुरु गरेका छौं,’ किसान गोरीकला रोकायाले भनिन्, ‘यहाँबाट किनेर स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लगेर विक्री गर्ने गरेका छन् ।’ जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् ।  जिल्लामा भएको स्याउ उत्पादन र यहाँबाट भएको निर्यातको विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भदौको अन्तिम सातामा जिल्लामा कुल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिनेछ ।  गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ थियो । जिल्लाका आठओटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउनमा काँचो स्याउ बजारमा विक्री हुन थालेपछि यहाँका स्थानीय तहले विक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए । परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे

१६ वैशाख, जुम्ला । यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताए । अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने […]

मुगुका किसानलाई बेलै नभइ स्याउ टिप्ने चटारो

छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान विष्णुमाया  रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनको परिवार बिहानैदेखि बगैँचामै हुने गरेको छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् । उनीहरू मात्र होइन यतिबेला मुगुका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ ।मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउक

मुगुका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

मुगु– छायानाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनको परिवार बिहानैदेिख बगैँचामै हुने गरेको छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् […]

स्याउ किसानको बगैँचामै पुगेर व्यवस्थापनसम्बन्धी सीप प्रदान

जुम्ला – जुम्लाका स्याउ किसान यति बेला बगैँचा व्यवस्थापानमा व्यस्त छन् । यही अवसरलाई सदुपयोग गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याउ सुपरजोन कार्यालय जुम्लाले स्याउ किसानको लागि बगैँचामा तालिम दिएको  छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय स्याउ सुपरजोन जुम्लाले  यसपटक किसानको बगैँचामै गएर तालिम दिएको हो । कार्यालयले चन्दननाथ, […]

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला–जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । ‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,’ उनले भने, ’यतिबेलाको समयमा स्याउको […]

स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त जुम्लाका किसान

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन थालेका छन् । यहाँ अन्नबाली उत्पादनका लागि कठिन हुने भिरालो जमिनदेखि अन्य पाखोबारी भएका जमीनमा पनि स्याउखेती गर्दा राम्रो उत्पादन हुने देखेर किसान यही खेतीमा लागेका छन् । यस्ता जमीनमा स्याउका बिरुवा लगाएका छन् भने अन्यत्र पनि स्याउखेतीको वातावरणका लागि उनीहरु लागिपरेका छन् ।  यहाँको तिला गाउँपालिका–१ का स्याउ किसान ...

स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारी यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हँुदैन”, समयमै स्याउ काँटछाट गर्न लागेको भण्डारीले बताउनुभयो ।”