स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारी यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हँुदैन”, समयमै स्याउ काँटछाट गर्न लागेको भण्डारीले बताउनुभयो ।”

सम्बन्धित सामग्री

हिउँद लागेसँगै कर्णालीका किसान स्याउ बगैँचा गोडमेलको चटारोमा

हिउँदयाममा यहाँका स्याउ बगैँचा उजाड हुन्छन् । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन्, नांगै बन्छन् । त्यसपछि पुस र माघमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा...

स्याउ बगैँचा गोडमेलमा व्यस्त किसान

स्याउ टिपेर बिक्री गरेपछि दाना टिपेको र पात झरेर उजाड बनेको स्याउको बोट तथा बगैँचा पुस र माघ महिनामा व्यवस्थापन तथा काँटछाँट गर्ने गरिन्छ । अहिले मुस्ताङका किसान स्याउका बोट व्यवस्थापनमा लागेका छन् । अन्य खेतीको तुलनामा कम मेहनत गर्नुपर्ने मानिने स्याउको बोटलाई हाँगाबिँगा काँटछाँट गर्ने गरिन्छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले स्याउको उत्पादन, सङ्कलन तथा बजारीकरणपछि हिउँदमा स्याउ बगैँचा व्यवस्थापन सुरु हुने जानकारी दिनुभयो । उहाँ सिँचाइका लागि पनि हिउँदको समय अति नै महत्वपूर्ण हुने बताउनुहुन्छ ।

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

जुम्लाका किसान आजभोलि स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन्। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैँचा  व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ। सिंजा गाउँपालिका-६ का  किसान दलबहादुर रोकायाले स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा चटारो

खलङ्गा । जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ । तातोपानी गाउँपालिका – ४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट तथा यसको व्यवस्थापनमा आफूहरु जुटेको जानकारी दिए । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो […]