अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा

४ चैत, काठमाडौं । अमेरिकी एयरफोर्सको जहाज पछिल्लो एक वर्षभित्रमा चौथोपटक काठमाडौंमा अवतरण गरेको छ । त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबार बिहान ९ बजे अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं अवतरण गरेको थियो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ । ती अधिकारीका अनुसार पछिल्लो एक वर्षको अवधिमा चौथो पटक अमेरिकी सेनाको जहाज […]

सम्बन्धित सामग्री

श्रीकाे जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं- धनगढीबाट काठमाडौं उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा आपतकालीन अवतरण गरेकाे छ। धनगढीबाट काठमाडौं उडेकाे झन्डै अढाई घण्टापश्चात् भैरहवामा आपतकालीन अवतरण गरेकाे हाे। जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेकाे थियाे। काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर आपतकालीन अवतरण भएकाे थियाे। ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ […]

श्री एयरलाइन्सको जहाज काठमाडौंमा आकस्मिक अवतरण

३ फागुन, काठमाडौं । श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार सुर्खेतबाट ५४ यात्रु लिएर आएको सो जहाजको  ‘इन्डिकेसन’ मा समस्या पहिचान भएपछि पाइलटले नियम अनुसार ‘इमर्जेन्सी’ मागेका थिए । सोही अनुसार जहाज सकुशल अवतरण भइसकेको उनले जानकारी दिए । ‘सामान्यतया इन्डिकेसनले संकेत गरेपछि इमर्जेन्सी […]

काठमाडौंमा अवतरण गर्न खोजेको कतार एयरको जहाज ओभरसुट

१७ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् । उडान नं. ६४८ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो । धावनमार्ग नदेखेपछि ‘मिस […]

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौं– काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर […]

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ ।त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ । -न्युज कारखाना

विराटनगरमा ल्यान्ड हुन नसकेको जहाज काठमाडौंमा १० फन्का मारेपछि सकुशल अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ । फर्किएको जहाजले काठमाडौंमा १० फन्का मारेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सकुशल अवतरण गरेको हो । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । ल्यान्डिङ गियरमा समस्या भएपछि […]

ककपिटमा समस्या आएपछि बुद्ध एयरको जहाज आपतकालिन अवतरण

काठमाडौबाट पोखरा लागि उडेको बुद्ध एअरको जहाज ककपिटमा धुँवा आएपछि काठमाडौंमा आपतकालिन अवतरण भएको छ ।

धनगढीका लागि उडेको जहाज फिर्ता, काठमाडौंमा आपतकालीन अवतरण

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फर्किएर काठमाडौंमा नै गएर आपतकालीन अवतरण गरेको छ।काठमाडौंबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौंमा अवतरण गरेको हो।बेलुकी ५ बजेर ३४ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज उडानको ११ मिनेटपछि नै काठमाडौं डाइभर्ट भएको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ।प्राविधिक कारणले जहाज डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ। डाइभर्ट भएको जहाजले काठमाडौंमा आपतकालीन अवतरण गरेको छ।

धनगढी आइरहेको जहाज फिर्ता, काठमाडौंमा आपतकालीन अवतरण

धनगढी : धनगढीका लागि उडेको श्री एयरको जहाजले पुनः काठमाडौँमा आपतकालीन अवतरण भएको छ। काठमाडौँबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौँ अवतरण गरिएको हो। ५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज ५ बजेर ५४ मिनेटमा डाइभर्ट भएको श्रीएर धनगढीका इन्चार्ज गजेन्द्र शाहीले बताए।‘जहाज इन्डिकेसन (लाइटसम्बन्धी) समस्या देखिएपछि डाइभर्ट भएर आपतकालीन अवतरण गरिएको रहेछ। त्यो समस्या अहिले समाधान भइसकेको छ। केही समयमा फेरि सोही जहाज धनगढीका लागि उड्छ,’ शाहीले भने।