काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्रै निर्वाचन आयोगले हचुवाका भरमा मतदानस्थल तोकेको पाइएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३ को ‘काठमाडौँ भ्याली स्कुल’मा आयोगले मतदान केन्द्र तोके पनि स्कुल भने अन्यत्रै सरिसकेको पाइएको छ। शनिबार उक्त मतदानस्थलका मतदान अधिकृत तोकिएका सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरेसहितका कर्मचारी स्थलगत अनुगमनका लागि जाँदा स्कुल रहेको ठाउँमा होटल निर्माण […]