पर्सि शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा धमाधम मतदानस्थल निर्माण भइरहेको छ । 'मतदाताहरुको सजिलोका लागि महिला पुरुष छुट्टाछुट्टै रहने लाइन निर्माण, जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरु छिटो मतदान गर्ने व्यवस्था मिलाइएका छौं,' उत्तरगया गाउँपालिका–५ वडा कार्यालय माझगाउँ 'ग' मतदान केन्द्रका मतदान अधिकृत रवीन्द्र ठकुरीले भने ।