चितवन । चितवन–२ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजे शुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा मतगणना शुरु गर्ने सहमति भएको हो ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP)का सभापति रवि लामिछाने (Rabi Lamichhane), नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
यसअघि कांग्रेसले रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको र त्यसको छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएपछि मतगणना हुन सकेको थिएन ।
बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको बताइएको छ ।