एमसीसीको विरोधमा राप्रपा सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय संगठनहरुको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ ।

सम्बन्धित सामग्री

सडकमा विरोध गर्ने युवाहरूको कुनै दोष छैन : महामन्त्री शर्मा

काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सडकमा एमसीसीको विरोध गर्ने युवाहरूको कुनै दोष नभएको बताएका छन् । उनले अब क्षणिक लोकप्रियता कि दीर्घकालीन लोकहित रोज्ने भनेर टुंगोमा पुग्नुपर्ने बताएका हुन् । उनले भने, ‘सडकमा एमसीसीको विरोध गरिरहेको युवाको कुनै दोष छैन । दोषी त ती द्वैध चरित्र भएका नेताहरू हुन्, जो बालुवाटारमा एउटा कुरा गर्छन्, […]

सदनमा एमसीसी पेश भएपछि सडकमा आक्रोश (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।...

नयाँ बानेश्वरमा यातायात आवागमन अस्तव्यस्त

काठमाडौं । एमसीसीको विरुद्ध विरोध प्रदर्शन हुँदा नयाँ बानेश्वरक्षेत्रमा यातायात आवागमन अस्तव्यस्त भएको छ । सो विरोधमा प्रदर्शन भएपछि आतबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि यातायात आवागमनमा समस्या भएको हो । तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक समेत लगाइएपछि यातायात आवागमन समस्या भएको छ नयाँ बानेश्वरमा एमसीसीको विरोध गर्दै आएका प्रदर्शनकारीहरु सडकमा भेला भएर […]

एमसीसीको विरोधमा सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो

काठमाडौं, ६ फागुन :  मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ । शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका […]

एमसीसीको विरोध गर्दै गठबन्धनका नेता श्रेष्ठ सडकमा

सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् ।

एमसीसीको विरोध गर्दै राप्रपा पनि सडकमा

काठमाडौँ । एमसीसीको विरोधमा राप्रपा पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ । विरोध […]

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गरको छ । सोक्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ लगायतका नाराबाजी गरेका थिए ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो महाराजगञ्जस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्तेलगायतका चर्क