काठमाडौं : किरात वाम्बुले राईहरूको महान् चाड हो ‘ढ्वाङकुमो’। वाम्बुले राईहरू यसलाई ढ्वाङकुम पनि भन्दछन्। उनीहरू हिन्दु पात्रोअनुसार जनैपूर्णिमा तिथिमा यो चाड मनाउँछन्। प्रायः भदौ महिनामा पर्ने भएकाले यसलाई भदौ पूर्णिमा पनि भनिन्छ।वाम्बुले समुदायमा यो तिथिलाई ढ्वाङ्कुमपुर्ने भन्दछन्। मुन्दुम परम्पराअनुसार ढ्वाङ्कुमो चाड मनाइने भएकोले हिन्दु संस्कृतिभन्दा फरक मूल्यमान्यता रहेको छ। संस्कृति अध्येता एवं वाम्बुले राई समाज नेपाल(वाम्रास)का उपाध्यक्ष गणेश राईका अनुसार ढ्वाङ्कुमोमा