आठपहरिया जातिको वडाङ्मी चाड सुरु

धनकुटा : जिल्लाको नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वडाङ्मी सुरु भएको छ। आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मी कार्तिक पूर्णिमामा सुरु भई मंसिरको औँसीसम्म मनाइन्छ। यो जातिको तीनमध्ये यो महत्त्वपूर्ण चाड हो। यो चाडमा दुःखबाट उक्सिने, घरको जेठो छोरो जन्मिएकोमा तथा नयाँ घर निर्माण गरेकोमा हर्षोल्लास मनाउने चलन छ। चाडको सुरुवातमा धनकुटावाट हिँड्दै दुई दिन लगाएर सुनसरीको बराहक्षेत्र पुग्छन्।स्थानीय कोकाहा खोलामा कपाल दाह्री खौरिएर नुवाएर बराह भगव

सम्बन्धित सामग्री

‘वाडाङ्मेट’ पर्व सुरु

धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड ‘वाडाङ्मेट’ मंगलबारदेखि सुरु भएको छ । उक्त अवसरमा नगरपालिकाले नगर क्षेत्रमा मंगलबार र बुधबार सार्वजनिक विदाको दिएको छ ।

आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेट  सुरु

धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेट मंगलबारदेखि सुरु भएको छ । वाडाङ्मेट चाडको अवसरमा धनकुटा नगरपालिकाले नगर क्षेत्रमा दुई दिने सार्वजनिक बिदा घोषणा गरेको छ । नगरपालिकाको कार्यालयले विज्ञप्ति जारी गर्दै पर्वको अवसरमा मंगलबार र बुधवार सार्वजनिक बिदा दिइने उल्लेख गरेको छ ।

वाडाङ्मेटमा रमाउँदै धनकुटाका आठपहरिया

धनकुटा : धनकुटा नगरपालिका मुख्य थलो रहेको आठपहरियाहरु यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मेट मनाउन व्यस्त छन्। यो चाडमा सामूहिक रुपमा दुःखबाट उक्सिने र घरको जेठो छोरो जन्मिएकोमा हर्कबढाइँ गर्ने चलन छ। वर्षभर गुमाएका आफन्तको जुठोबाट उक्सने यो एक मात्र चाड हो। चाडको शुरुवातमा धनकुटाबाट हिँड्दै तीन दिन लगाएर सुनसरीको वराहक्षेत्र पुग्छन्। बराहक्षेत्र नजिक रहेको कोकाहा खोलामा कपाल र दारी खौरिएर नुहाएर आफन्तको दुःख बोक्नेले कपाल काटेर दसीसहित केश बगाउने प्रचलन रहेको छ। तीन दिने यात्राको क्रममा बरखी फ

धनकुटाका आठपहरिया बस्तीमा भित्रिँदैन दशैं

धनकुटा : नेपालीहरु घर आँगनमा दशैं भित्रिसकेको छ। दशैका लागि सबैले तयारी गरिसकेका छन्। तर, धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरियालाई भने दशैंले छोएको छैन। उनीहरुले अहिलेसम्म दशैँ मनाएका छैनन। उनीहरुले दशैँलाई आफ्नो चाड नै नभएको बताउँछन।दशैंको सन्दर्भ आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका आफ्ना पुर्खा दुई सांस्कृतिक शहीद रामलिहाङ र रिदामालाई उनीहरुले सम्झन्छन्। वि.सं. १९३३ सालमा दशैं नमान्दा रामलिहाङ र रिदामा आठपहरियालाई धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। रामलिहाङ र रिदामा आठपहर

आफ्नो मुख्य चाडमा रम्दै आठपहरियाहरू

धनकुटा नगरपालिका आसपास क्षेत्रमा मात्र मुख्य बसोवास रहेको आठपहरिया जातिको महान् चाड वाडाङमेट सुरु भएको छ