काठमाडौं- ल्याटिन अमेरिकी मुलुकहरू अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने भएका छन् । रुसी समाचार संस्था तासले जनाएअनुसार रुसको राजधानी मस्कोमा रहेका ती मुलुकका नियोगले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने जनाएका हुन् । एक भर्चुअल कार्यक्रममा रुसका लागि अर्जेन्टाइन राजदूत एदुआर्दो एन्टोनियो जुइनेले यस्ता प्रतिबन्धहरु अर्थहीन रहेको बताएको तासले जनाएको छ । […]