देउवा-ओली वार्ता : दुवैका पुरानै अडान कायमै

काठमाडौं : एमसिसी पास गर्ने लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालकोटमा भएको बैठक बिना निष्कर्ष टुंगिएको छ।प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्नुपर्ने अडान तथा एमाले पार्टीका १४ सांसदलाई कारबाही गर्नुपर्ने अडान दोहोर्‍याएपछि दुई दलका शीर्ष नेताहरूबीचकाे छलफल कुनै निष्कर्षमा नपुगेरै टुंगिएको हो। बैठकपछि निस्कँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले कांग्रेस र एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एक ठाउँमा रहनुपर

सम्बन्धित सामग्री

सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता हुने युक्रेनी अडान कायमै

काठमाडौँ- युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने युक्रेनी पक्षले जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्‍याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन् । इटालीको एक दैनिक पत्रिका ला रिपब्लिकालाई दिएको अन्तर्वार्तामा उनले सो कुरा उल्लेख […]

रुससँगको वार्तामा युक्रेनको अडान कायमै : युक्रेनी वार्ता टोलीका संयोजक

रुसद्वारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका सर्तहरू कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन्। उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरूका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन्।

रुससँगको वार्तामा युक्रेनको अडान कायमै

मस्को । रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन् । उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन्। रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले […]

रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ : वार्ता टोलीका संयोजक

रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन् । उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन् ।रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भन्नुभएको छ– हामी स्तानबुलमा भएका सम्झौताहरूका बारेमा अडिग छौँ र हामी त्यसमा

रुस र युक्रेनबीच चौथो चरणको वार्ता सुरु, दुवैतर्फका अडान कायमै

रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु भएको छ । दुवै देशबीच भर्चुअल माध्यमबाट वार्ता भइरहेको बीबीसीले जनाएको छ ।  युक्रेनका वार्ता टोलीका एक सदस्य मिखाइलो पोडोल्याकले वार्तास्थलबाट एउटा तस्बिर सार्वजनिक गदै चौथो चरणको वार्तामा प्रवेश गरेको र दुवै पक्षले आफ्नो अडान कायमै राखेका बताउनुभएको बीबीसीले जनाएको छ । आजको वार्ता युद्धविराम, रुसी सेना फिर्ता र युक्रेनको सुरक्षा प्रत्याभूतिमा केन्द्रित हुने उहाँले बताउनुभएको छ ।  यसैबीच रुसले चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी दाबीको चीनले खण्डन गरेको छ । ...

बीपी आन्दोलन : उच्चस्तरीय अध्ययन कार्यदलले थाल्यो छलफल

धरान । विगत ३५ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी ‘बीपी शुद्धीकरण अभियान’ अन्तर्गतको आन्दोलन निकासतर्फ प्रवेश गरेको छ । प्रतिष्ठानका चारैजना पदाधिकारीको राजीनामा सहित अनियमितता सुधारको माग गर्दै आन्दोलित संयुक्त संघर्ष समितिसँग सोमवार उच्चस्तरीय अध्ययन कार्यदलले अध्ययन शुरू गरेपछि आन्दोलन टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरी छलफलमा बसेपछि संघर्ष समितिले उनी लगायत चार उच्च पदाधिकारीको राजीनामा सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय आयोग गठन गरी छानबिन हुनुपर्ने माग गर्दैै आएको थियो । आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा आठसदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले अध्ययन शुरू गरेपछि संघर्ष समितिले घोषणा गरेको आकस्मिक बाहेक दुई घण्टा सेवा बन्दको कार्यक्रम फिर्ता लिएको छ । माग पूरा नभएसम्म दैनिक दुई घण्टा धर्ना तथा विरोधसभा भने चलिरहने समितिका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले बताए । ‘सचिवको संयोजकत्वमा उच्चस्तरीय अध्ययन कार्यदल गठनपछि सकारात्मक बनेका छौं, यसले निकास दिने विश्वास छ ।’ पहिलो चरणको छलफल सकारात्मक रहेको उनको प्रतिक्रिया छ । समितिले कार्यदललाई आफ्ना मागहरूको बारेमा जानकारी गराएको उनले बताए । कार्यदलले सोमवार नै प्रमुख पदाधिकारीहरूसँग पनि छलफल गरेको छ । त्यसैगरी नागरिक समाज, सञ्चारकर्मीसँग छलफल गरेर प्रतिवेदन तयार गरिने कार्यदलका प्रवक्ता डा. शंकर नेपालले बताए । संघर्ष समितिसहित पदाधिकारी, नागरिक समाजसँग समेत छलफल गरेर विषयवस्तुको गहिराइमा पुग्ने प्रयास गरिने उनको भनाइ छ । प्रतिष्ठानका उपकुलपति गिरीले वार्ताका लागि पटक पटक आह्वान गर्दा पनि संघर्ष समितिले उच्चस्तरीय वार्ता समितिसँग मात्रै वार्तामा बस्ने अडान कायमै राखेको छ । प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितता एवं भ्रष्टाचार अन्त्यका लागि जारी आन्दोलनको क्रममा असार १५ गते भएको वार्ता भाँडिएको थियो । संयुक्त संघर्ष समितिले गत बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै ४८ घण्टाभित्र माग पूरा नभए आइतवारदेखि दैनिक २ घण्टा इमर्जेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कारको चेतावनी दिएको थियो । बीपीका लेखाप्रमुखलाई कारबाही गर्न माग यसैबीच, चिकित्सकलाई दुव्र्यवहार गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाहीको माग गर्दै चिकित्सक, कर्मचारी लगायत आन्दोलित भएका छन् । संयुक्त संघर्ष समिति गठन गरी शुद्धीकरणको आन्दोलन चर्किरहेको बेला  प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई प्रतिष्ठानकै लेखा प्रमुखले गालीगलौज गरी धाकधम्की दिएको भन्दै जुनियर रेजिडेन्ट समेत आक्रोशित भएका छन् । उनीहरूले सोमवारदेखि प्रतिष्ठानको आकस्मिक र कोभिड उपचार बाहेक अन्य सेवा ठप्प पार्दैै दुव्र्यवहार गर्ने रायमाझीविरुद्ध कारबाहीको मागसहित इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । आइतवार राति ८ बजे प्रतिष्ठानका डीएम र एमडी अध्ययनरत विद्यार्थी डा. विप्लप कार्कीलाई आवास खाली गराउन लेखा प्रमुख रायमाझीले दिएको धम्की र गालीगलौज विरुद्ध सम्पूर्ण चिकित्सक आन्दोलित बनेका हुन् । जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले रायमाझीलाई आन्तरिक कारबाही स्वरूप प्रशासनबाट जिम्मेवारी मुक्त गर्न पनि माग गरेको छ ।

एमाले एकताः ६ घण्टादेखि वार्ता जारी, दुबै पक्षको अडान कायमै

काठमाडौँ– नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक ६ घण्टादेखि जारी छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका सदस्यहरु सहमतिको प्रयासमा जुटेका छन्। कार्यदल स्रोतका अनुसार अहिलेसम्म दुबै पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन्। अध्यक्ष ओली खेमाका सदस्यहरुले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुनेपर्ने अडान यथावत राखेका छन्। […]

उत्तर कोरियाले भन्यो– अमेरिकासँग फेरि वार्ता भए पनि हाम्रो अडान कायमै छ

हनोइ । उत्तर कोरियाले अमेरिकासँग अर्को चरणको वार्ता भएपनि आफ्नो अडान अब नफेरिने बताएको छ ।  बिहीबार दुई