रुस र युक्रेनबीच चौथो चरणको वार्ता सुरु, दुवैतर्फका अडान कायमै

रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु भएको छ । दुवै देशबीच भर्चुअल माध्यमबाट वार्ता भइरहेको बीबीसीले जनाएको छ ।  युक्रेनका वार्ता टोलीका एक सदस्य मिखाइलो पोडोल्याकले वार्तास्थलबाट एउटा तस्बिर सार्वजनिक गदै चौथो चरणको वार्तामा प्रवेश गरेको र दुवै पक्षले आफ्नो अडान कायमै राखेका बताउनुभएको बीबीसीले जनाएको छ । आजको वार्ता युद्धविराम, रुसी सेना फिर्ता र युक्रेनको सुरक्षा प्रत्याभूतिमा केन्द्रित हुने उहाँले बताउनुभएको छ ।  यसैबीच रुसले चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी दाबीको चीनले खण्डन गरेको छ । ...