एमाले एकताः ६ घण्टादेखि वार्ता जारी, दुबै पक्षको अडान कायमै

काठमाडौँ– नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक ६ घण्टादेखि जारी छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका सदस्यहरु सहमतिको प्रयासमा जुटेका छन्। कार्यदल स्रोतका अनुसार अहिलेसम्म दुबै पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन्। अध्यक्ष ओली खेमाका सदस्यहरुले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुनेपर्ने अडान यथावत राखेका छन्। […]