फेरि कोरोनाको त्रास: सीमा नाकामा स्वास्थ्य सतर्कता

भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै सीमा नाकाहरुमा सतर्कता अपनाउन थालिएको छ । नेपाल–भारत सीमानाका रुपन्देहीको बेलहियामा पनि सुरक्षा सतर्कता अपनाइएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले भारतमा एकैदिन हजारौंको संख्यामा संक्रमित थपिन थालेपछि सीमाक्षेत्रमा कडाइ गर्न लागिएको बताउनुभयो । भारतको केही राज्यमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिरहेको छ । रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सीमाक्षेत्रमा जोखिम बढेको भन्दै नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क राखेर उच्च सुरक्षा सतर्कता अपनाएको छ । संक्रमण नेपालमा पनि भित्रिन सक्ने प्रबल सम्भावना रहेकोले बेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।

सम्बन्धित सामग्री

मौसम परिवर्तनसँगै कोरोना संक्रमित बढे, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं ।  सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड १९) भाइरसले विश्व व्यापी रूपमा महामारी नै फैलायो । अझै पनि कोरोनाको त्रास हटेको छैन । सुरुदेखि नै कोरोनाले रूप परिवर्तन गर्दै आएको छ । विश्वमै स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक, मानसिक रूपमा ठुलो क्षति पुर्‍याउने गरी फैलिएको कोभिडबाट कुनै पनि देश अछुतो […]

दशैँमा उपत्यकाका शक्तिपीठ : यसरी व्यवस्था मिलाइएको छ पूजाको

काठमाडौं ः नेपालमा ३ वर्षपछि बल्ल कोरोना महामारीको असर घटेको छ। यस वर्षको दशैँमा नेपालीमा खुशी छाएको छ। कोरोनाको त्रास हटेको छ तर डेंगु संक्रमणको जोखिम भने बढेको छ। सरकारले २०७७ सालको दशैँको वेला कोरोनाकै कारण उपत्यकालगायत सबै जिल्लाका शक्तिपीठलगायत सबै मन्दिर बन्द गरेको थियो।०७८ सालमा भने स्वास्थ्य सुरक्षालाई ध्यानमा राखिँदै खुला गरेको थियो। यस वर्ष भने उपत्यकाभित्रका सबै शक्तिपीठ खुल्ने छन्। उपत्यकाका दक्षिणकाली, भद्रकाली, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती, बंगलामुखी मन्दिर, ब

ज्वरो फैलिएसँगै कोरोनाको त्रास

पछिल्लो समयमा स्याङ्जा जिल्लाभित्रका स्वास्थ्य केन्द्रदेखि अस्पतालहरूसम्म ज्वरोका बिरामीको चाप बढ्दै गएको छ। यहाँका सरकारी अस्पतालदेखि निजी अस्पताल र स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामी बढेका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा दैनिक आउने बिरामीमध्ये आधाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको अस्पतालका प्रमुख डा. रमेश आचार्यले बताउनुभयो।

लस एन्जलसमा कोरोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी

लस एन्जलस । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने सोचमा सरकार रहेको स्वास्थ्य निर्देशक बारबरा फेरेरले बताइन् । बिरामीको चापलाई हेरेर निर्णय गरिने पनि उनले बताइन् […]

चिडियाखानाभित्र पस्दा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

ललितपुर – कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलमा रहेकाे सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ ।  चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो । अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन/छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता ...

विद्यालयमा अझै कोरोनाको त्रास

सदरमुकाम तानसेनकै विद्यालयमा स्वास्थ्य मापदण्ड पालनामा लापरबाही देखिएको छ । जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले स्थानीय तहको समन्वयमा विद्यालय खुल्न छुट दिएपछि असोज पहिलो सातादेखि यहाँका सरकारी र निजी विद्यालय खुलेका हुन् । तर, सबै विद्यालयमा पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छैन ।

सल्यानमा ७५ प्रतिशत रोपाइँ सकियो

सल्यान : सल्यानमा ७५ प्रतिशत रोपाइँ सकिएको छ। यस वर्ष समयमै वर्षा भएकाले छिटो रोपाइँ भएको कृषि ज्ञान केन्द्र सल्यानले जनाएको छ।विगतका वर्षहरुमा असार १५ सम्म ५० प्रतिशतभन्दा कम नै रोपाइँ हुने गरे पनि यस वर्ष जेठ महिनादेखि नै पानी परेका कारण किसानहरुले समयमै रोपाइँ सम्पन्न गरेको केन्द्रका प्रमुख महेश आर्चायले बताए। केही दिनमा नै जिल्लाभर रोपाइँ सम्पन्न हुने उनको भनाइ छ।कोरोना कहरका बीचमा पनि सामाजिक दूरी तथा स्वास्थ्य मापदण्ड कायम गरी किसानहरु खेतबारीमा व्यस्त छन्। कोरोनाको त्रास भए पनि मानो रोपेर

अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन्। बालबालिकामा समेत संक्रमण देखिएपछि काठमाडौं उपत्यकाका निजी र सामुदायिक विद्यालयका कतिपय अभिभावकले पढाइभन्दा ज्यान ठूलो ठानेर आफ्ना छोराछोरीलाई पठाउन छाडेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, समारोह, विद्यालय, भीडभाड हुने व्यावसाय र रात्रिकालीन होटलजस्ता स्थान सञ्चालन नगर्न पटकपटक आग्रह गरेको छ भने शिक्

फेरि बढ्यो कोरोनाको त्रास, आइसोलेसन र क्वारेन्टाइन तयार राख्न निर्देशन

काठमाडौं ।  सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्लामा कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र हो। को...

सार्वजनिक यातयातमा कोरोनाकाे त्रास, छैन पर्याप्त तयारी

विश्वभर कोरोनाको त्रास व्याप्त छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिममा राखेको छ ।