बेपत्ता पारिएको भनिएका हुम्लाका चन्द्र कामी भेटिए

सिमकोट– अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका हुम्लाका चन्द्र कामी फेला परेका छन्। प्रहरीले उनलाई आठ दिनपछि हुम्लाको खार्पुनाथ गाउँपालिकाको याङ्चु बजारमा भेटाएको हो। उनले मुगुको सोरु गाउँपालिका–४ लिप्रुकी रमिला मल्ललाई भगाएर ल्याएपछि गत मंसिर २९ गते केटी पक्षका आफन्त आएर चन्द्रलाई कुटपिट गरी रमिलालाई खोसेर लगेका थिए। त्यसयता सम्पर्कविहीन बनेका कामीलाई प्रहरीले ८ दिनपछि […]

सम्बन्धित सामग्री

हुम्लाबाट बेपत्ता व्यक्ति ५० वर्षपछि भेटिए

सिमकोट – घरबाट बेपत्ता भएका हुम्लाका एकजना ५० वर्षपछि भेटिएका छन्। हुम्लाको साविक दार्म गाउँ विकास समिति (हालको चङ्खेली गाउँपालिका– २ को रोकायावाडा)का कमल सिंह थापा भेटिएका हुन्। थापा ५० वर्षअघि घरबाट भारतको गढवाल जाने भनेर निस्किएको थिए। उनी घरबाट निस्केपछि सम्पर्कविहीन थिए। तर हाल बर्दिया जिल्लाको बाँसगढीस्थित केदारेश्वर धाममा भेटिएका हुन्। उनी १५ वर्षको […]

कर्णालीमा तुइनबाट तर्ने क्रममा हुम्लाका एकजना बेपत्ता

सुर्खेत : कर्णाली नदीमा लगाइएको तुइन तर्ने क्रममा तुइन तर्ने क्रममा एक जना बेपत्ता भएका छन्।हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपस्थित ल्याप्चे  घाटमा  लगाइएको तुइन तर्ने क्रममा शनिबार तुईनको डोरी चुँडिदा मुगु जिल्ला सोरु गाउँपालिका ५ नेर गाउँका ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदीमा बेपत्ता भएका हुन्।बाटो काट्दा छोटो हुने भएको भन्दै निर्माणाधिन कर्णाली कोरिडोरको ल्याप्चेमा नेपाली सेनाले लगाएको तुइन तर्ने क्रममा नेपाली शनिबार बेपत्ता भएको नेपाली सेना कर्णाली कोरिडोर निर्माण

हुम्लामा बाढीमा बगेर एकजना बेपत्ता

सिमकोट – हुम्लामा बाढीले बगाउँदा शुक्रबार एकजना बेपत्ता भएका छन्। सर्केगाड गाउँपालिका–२ स्थित रिपगार्ड खोला तर्ने क्रममा बाढीले बगाउँदा ताँजाकोट गाउँपालिका–४ का नन्दऋणी जैसी बेपत्ता भएका हुन्। प्रहरी र स्थानीयले उनको खोजी गरिरहेको हुम्लाका प्रहरी नायव उपरीक्षक भीमप्रसाद भट्टराईले जानकारी दिए। नन्दऋणी सँगैसँगै खोला तरिरहेका जयरुद्र ढकाल भने बाढीबाट जोगिएका थिए। उक्त खोलामा केही दिनअघि […]

भारतकाे केदारनाथमा पहिराेमा परी १७ नेपाली बेपत्ता

भारतकाे उत्तराखण्डमा पहिराेले हाेटल बगाउँदा १७ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कर्णाली प्रदेशको जुम्ला र हुम्लाका मात्रै १० जना छन् ।

हुम्लामा प्रेमिका भेट्न गएका रुकुमका युवक बेपत्ता

प्रेमिका भेट्न हुम्ला पुगेका रुकुम पूर्व घर भएका एक जना युवक बेपत्ता भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा–६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् । घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका–४ बाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका एक जना अधिकृतले रातोपाटीलाई बताए ।उनलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवतीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । पक्राउ परेकी युवती र घर्तिमगर प्रेमी–प्रेमीका रहेको प्रहरी

आठ दिनदेखि बेपत्ता चन्द्रे कामी भेटिए

काठमाडौं : अन्तरजातीय विवाह गरेका कारण माइती पक्षले बेपत्ता पारिएका भनिएका हुम्लाका चन्द्रे कामी फेला परेका छन्। आज बिहान खार्पुनाथ गाउँपालिकामा हिँड्दै गरेको अवस्थामा चन्द्रेलाई प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्‍लाले जनाएको छ।बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर धनसिंह भण्‍डारीले जानकारी दिए। उनकाअनुसार उनी सकुसल अवस्थामा भेटिएका हुन्। उनमा कुनै चोट पटकसमेत नदेखिएको भण्‍डारीले बताए। उनलाई

अन्तरजातीय विवाहपछि बेपत्ता भएका चन्द्रे कामी भेटिए

सुर्खेत । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन भएका कामी आज बिहान भेटिएको प्रहरीले जनाएको छ । उनलाई खार्पुनाथ गाउँपालिकामा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका–४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग विवाह […]

अन्तरजातीय विवाह गरेका युवक एक हप्तादेखि बेपत्ता

अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि पारेका छन् भने घरमा तोडफोड गरेका छन् ।गत म

अन्तरजातीय विवाह गरेका हुम्लाका युवक ६ दिनदेखि बेपत्ता

५ पुस, काठमाडौं । अन्तरजातीय विवाह गरेका हुम्लाका एक युवक ६ दिनदेखि बेपत्ता छन् । सर्केगाड गाउँपालिका–१, जैरका १८ वर्षीय चन्द्र लुवार बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले अनलाइनखबरलाई बताए । उनका अनुसार २९ मंसिरबाट लुवार बेपत्ता भएको भन्दै प्रहरी कहाँ खबर आएको थियो । ‘हामीलाई खबर आएपछि सुरुमा […]

हुम्लाका ठकुरी खान्दानले छाेरीलाई घरमै थुने ज्वाई वेपत्ता पारे !

मुगु । हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तर जातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएको आरोप लगाएका छन् । हुम्ला सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिका–४ स्थित लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरे । तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई बेपत्ता […] The post हुम्लाका ठकुरी खान्दानले छाेरीलाई घरमै थुने ज्वाई वेपत्ता पारे ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.